विदेशमा भएका नेपालीलाई तत्काल नेपाल फर्काएर रोजगारी दिने अवस्था छैनः महामन्त्री शर्मा
नेपालबहस संवाददाता
कात्तिक १४, २०८० मंगलबार १३:३८:२२
१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउन सकिने अवस्था नरहेको बताएका छन् । कसैले त्यस्तो भन्छ भने त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरामात्रै हुने उनको भनाइ छ । अमेरिकाको न्यूयोर्कमा भएको नेपालको आजको अवस्था र अबको बाटो विषयक सर्वपक्षीय अन्तरक्रियामा महामन्त्री शर्माले नेपालमा तत्काल अनिवार्य जनशक्तिबाहेकलाई बाह्य व्यवस्थापन गर्नुपर्ने बाध्यतात्मक परिस्थिति रहेको बताए ।
उनले भने, ‘विदेशमा रहेका नेपालीलाई नेपाल फर्क भन्ने अवस्था तत्काल छैन । त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै हुन जान्छ । जनसंख्याको विस्फोटक आकार व्यवस्थापन गर्न, देशमा अनिवार्य जनशक्ति बाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यतात्मक स्थिति हो । अहिलेको प्राथमिकता जलविद्युत् उत्पादनमा वृद्धि र वैदेशिक रोजगारको मर्यादा अभिवृद्धि हो ।
उनले नेपाल सरकारले देशमा लगानी गर्ने वातावरण बनाउन र गैरआवासीय नागरिकहरुलाई लगानीका लागि प्रेरित गर्न सक्नुपर्ने बताए । ’संविधानको व्यवस्थाबमोजिम सरकारले गैरआवासीय नागरिकहरुलाई पनि नागरिकता दिन थालेको छ । अब देशमा लगानी गर्न गैरआवासीय नागरिकताको उपयोग बृहत्तर रूपमा गर्न जरुरी छ,’ शर्माको भनाइ थियो ।
महामन्त्री शर्माले नेपालमा हाल रहेको राजनीतिक व्यवस्थापमा परिमार्जन र अवस्थामा परिवर्तनका लागि सबैको साझा प्रयास र मेहनतको खाँचो रहेकोमा जोड दिएका थिए । नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको कार्यक्रममा वर्तमान नेपालको राजनैतिक, आर्थिक, सामाजिक लगायतका विविध विषयहरुमा केन्द्रित रहेर छलफल भएको थियो भने अमेरिकामा रहेका विभिन्न राजनीतिक दलका भ्रातृ संस्था र शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार