बहराइनसंँग हङकङ २० रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १४, २०८० मंगलबार १३:४७:१०
१४ कात्तिक, काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया छनोटअन्तर्गतको समूह ’बी’ को खेलमा बहराइनले हङकङलाई पराजित गरेको छ । समूह ’बी’ मा बहराइनले जित हात पारेसँगै सेमिफाइनल समीकरण पनि रोचक बन्ने भएको छ । मंगलबारको खेल हङकङले जितेको भए सेमिफाइनल जाने सम्भावना प्रबल थियो ।
मंगलबार मूलपानी क्रिकेट मैदानमा १४७ रनको लक्ष्य पछ्याएको हङकङले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन मात्र बनाएको हो । हङकङका लागि अंशुमान रथले बनाएको २८ रन नै सर्वाधिक स्कोर रह्यो । त्यस्तै जीशन अलीले २१ रन बनाउँदा ऐजाज खानले १९ रन बनाए । कप्तान निजाकत खान भने ४ रनमै आउट भए ।
बहराइनका लागि अब्दुल मजिद किफायती बलिङ गरे । ३.१ ओभर बलिङ गरेका उनले ३ विकेट लिँदै ७ रन मात्र खर्चिए । त्यस्तै अलि दाउद र रिजवान बटले २÷२ विकेट लिँदा साथिया वीरपथिरान र इमरान अनवरले १÷१ विकेट लिए ।
त्यसअघि पहिले टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले १९.३ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । बहराइनका लागि इमरान अलीले ६२ रन बनाए । ४३ बलमा उनले ५ चौका र ३ छक्का प्रहार गरे । इमरान अनवरले १५ र हैदर बटले १४ रन बनाए ।
हङकङका लागि नसरुल्लाह रानाले ३ विकेट लिँदा ऐजाज खान, एहसान खान र यासिम मुर्तजाले २÷२ विकेट लिए । समूह ’बी’ मा यूएई, बहराइन र हङकङको समान २÷२ अंक भएको छ । रनरेटका आधारमा समूहको शीर्ष स्थानमा यूएई र त्यसपछि बहराइन रहेको छ ।
समूह ’ए’ मा रहेको नेपालले मंगलबार मलेसियाको सामना गर्दैछ । समूह ’ए’ मा रहेको ओमानले दुई खेल जितिसकेको छ । नेपालले सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो । ओमानले भने मंगलबार सिंगापुरलाई २२ रनले हराएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार
रिक्की पोन्टिङ आईपीएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त
असोज २, २०८१ बुधबार
आईसीसी विश्वकप लिगमा नेपाल र ओमान भिड्दै
असोज २, २०८१ बुधबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
यी हुन सहकारी ठगेर फरार भएका २९ जना, को कुन देशमा बसेका छन लुकेर ?
असोज ४, २०८१ शुक्रबार
वसन्तपुरमा ‘हाथु हायेकेगु' प्रसाद खान महिलाहरूको तँछाडमछाड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई मिराज बेकरीमा विशेष छुट
असोज ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाले सार्वजनिक गर्यो सहकारी छानबिन समितिको प्रतिवेदन: हेर्नुहोस पूर्णपाठ
असोज ४, २०८१ शुक्रबार
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
असोज ४, २०८१ शुक्रबार