नेपालगञ्जमा विद्युत् महसुल वक्यौता असुली अभियान, दुई दिनमै उठ्यो एक करोड ८० लाख
नेपालबहस संवाददाता
कात्तिक १४, २०८० मंगलबार १६:२७:९
१४ कात्तिक, नेपालगञ्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ । उक्त कार्यालयले अहिलेसम्म दुई दिनको अवधिमा रु एक करोड ८० लाख ६८ हजार छ सय ७० वक्यौता असुली गरेको छ ।
अभियानअन्तर्गत सोमबार रु दुई हजार पाँच सय ४७ ग्राहकबाट रु ८५ लाख ४१ हजार आठ सय ७० र आइतबार दुई हजार पाँच सय ७४ ग्राहबाट रु ९५ लाख २६ हजार आठ सय वक्यौता असुली भएको केन्द्रले जनाएको छ ।
विद्युत वक्यौता महसुल असुली अभियानअन्तर्गत अनलाइन भुक्तानीमार्फत एक सय १२ ग्राहकको रु १७ लाख ६० हजार रकम सङ्कलन भएकामा ६१ जनाको पुनः लाइन जोडी रु नौ लाख १२ हजार आठ सय वक्यौता पनि असुली भएको थियो ।
त्यस्तै एक सय ६३ जनाको रु ११ लाख ८७ हजार चार सय ६० वक्यौता असुली भएकामा २१ जनको पुनः लाइन जोडेर रु आठ लाख ७४ ६० वक्यौता असुली भएको वितरण केन्द्रले जनाएको छ । मध्यरातिसम्म अनलाइन भुक्तानी हुने भएकाले सो रकम बुझाउनेको सङ्ख्या अझ बढ्ने वितरण केन्द्रका लेखा प्रमुख बुद्धीसागर भुषालले जानकारी दिए ।
प्राधिकरणले थालेको अभियान तथा जनचेतनाका कारण नेपालगञ्ज वितरण केन्द्रमा हुने नियमित सरदर सङ्कलनको दोब्बर रकम सङ्कलन भएको बताइएको छ । त्यस्तै कोहलपुर वितरण केन्द्रले उक्त क्षेत्रबाट रु १२ लाख ३१ हजार ५०६ वक्यौता रहँदा एक सय चार जनाको लाइन काटिएकोे जनाएको छ ।
विद्युत् महसुल भुक्तानी गर्न ६० दिन नाघेका ग्राहकलाई सार्वजनिक सूचनामार्फत अविलम्ब भुक्तानीको लागि आग्रह गरेपछि प्राधिकरणले बक्यौता महसुल असुलीमा कडाइ गर्न थालेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार