विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा प्रवेश
नेपालबहस संवाददाता
कात्तिक १४, २०८० मंगलबार १६:२७:१९
१४ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । सानदार ब्याटिङ गरेपछि नेपाल ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा पूरा गरेको थियो । नेपालको यो लगातार दोस्रो विजय हो । अघिल्लो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।
मलेसियामाथि नेपालको विजयसँगैं ओमान पनि समूह ‘ए’ बाट सेमिफाइनल पुगेको छ । ओमानले पहिलो दुई खेलमा मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो । नेपाल र ओमान बिहीबार समूहचरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । मलेसिया र सिंगापुर दुबै समूहचरणको एक खेलअगावै नकआउट दौडबाट बाहिरिएका छन् ।
भुर्तेल र आसिफले ५ ओभरमा ४९ रन जोडि नेपाललाई सानदार सुरुआत दिलाएका थिए । भुर्तेल समान ४ चौका र छक्का प्रहार गरि आउट भए । आसिफ र मल्लले १० ओभरमा नेपालको स्कोरलाई ९५ रनसम्म पु¥याए । मोहम्मद अमिरको बलमा कट एन्ड बोल्ड हुनु पूर्व आसिफले १ चौका र २ छक्का प्रहार गरे ।
ट्वान्टी–२० अन्तर्राष्ट्रियका विश्व कीर्तिमानधारी मल्लको यो तेस्रो अर्धशतक हो । उनी पनि कट एन्ड बोल्ड भए र खेलमा अमिरको तेस्रो शिकार भए । उनले कुल २ चौका र ७ छक्का प्रहार गरे । सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे ।
यसअघि टस जितेको मलेसियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई १ सय रन ६५ बनाएको थियो ।ओपनर सैयद अजिजले मलेसियाबाट सर्वाधिक ६८ रन बनाए । गुल्शन झाको बलमा आउट हुनु अघि उनले ८ चौका र २ छक्का प्रहार गरे । अजिजले जुबाइदी जुलकिफ्लेसँग मिलेर मलेसियालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । उनीहरुले पावर प्लेमा ५८ रन जोडेका थिए ।
छैटौं ओभरको पाँचौं बलमा अविनाश बोहराले जुलकिफ्लेलाई आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि मलेसियाको नियमीत विकेट झरि रहयो । कप्तान अहमद फैज ३ रनमा रनआउट भए । वीरनदीप सिंहलाई सन्दीप लामिछानेले ४ रनमा एलबीडब्लु आउट गरे ।
कामचलाउ बलर कप्तान रोहित पौडेलले सार्विन मुनिएन्डीलाई १३ रनमा कट एन्ड बोल्ड गरे । अविनाशले मोहम्मद अमिरलाई ८ रनमा बोल्ड गरे । अविनाशले नेपालबाट ४ विकेट लिए । अघिल्लो दिन सिंगापुरविरुद्ध पनि ३ विकेट लिएका अविनाशले ४ ओभरमा २७ रन खर्चेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार
रिक्की पोन्टिङ आईपीएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त
असोज २, २०८१ बुधबार
आईसीसी विश्वकप लिगमा नेपाल र ओमान भिड्दै
असोज २, २०८१ बुधबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
मिस नेपाल वर्ल्ड केसीलाई मनाङमा स्वागत
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त
असोज ४, २०८१ शुक्रबार