बङ्गलादेशमा गार्मेन्ट मजदूर र प्रहरीबीच झडप
नेपालबहस संवाददाता
कात्तिक १४, २०८० मंगलबार १८:३०:७
१४ कात्तिक, बङ्गलादेश । बङ्गलादेशका हजारौँ गार्मेन्ट श्रमिकले आफूले बनाउने महत्वपूर्ण पश्चिमा ब्रान्डका कपडाको उचित ज्यालाको माग गर्दै हडताल र प्रदर्शनमा सहभागी हजारौँ गार्मेन्ट मजदुर र प्रहरीबीच मङ्गलबार झडप भएको छ ।
देशको सबैभन्दा ठूलो औद्योगिक शहर आशुलिया र गाजीपुरमा दर्जनौं कारखानामा कार्यरत दशौं हजार मजदुरले हडताल सुरु गरेको र अधिकारीहरूले अश्रुग्यास र रबरको गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गाजीपुरमा मात्र एक हजारभन्दा बढी गार्मेन्ट कारखाना छन् जसले एच एन्ड एम र ग्यापजस्ता ब्रान्डका लागि कपडा बनाउँछन् ।
आशुलियाका एक वरिष्ठ गार्मेन्ट युनियनका नेता अल कामरानले भन्नुभयो,“मजदुरहरू सडकमा उत्रेका छन् किनभने उनीहरूको तलबले अब दुई छाक टार्नका लागि खर्च धान्न सक्दैन ।
बङ्गलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्तामध्ये एक हो, जहाँ उद्योगले दक्षिण एसियाली यस देशको वार्षिक ५५ अर्ब डलरको निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ ।
तर यसका ४० लाख कपडा मजदुरहरूमध्ये धेरैको अवस्था दयनीय छ ।
आशुलिया औद्योगिक क्षेत्रका प्रहरी उपप्रमुख महमुद नासेरले एएफपीसँग भने, “करिब १५ हजार श्रमिकहरू आशुलियाका छुट्टाछुट्टै स्थानमा ज्याला वृद्धिको विरोधमा प्रदर्शनमा सामेल भएका छन् ।
युनियनका नेता कामरानले आशुलियामा मात्रै करिब ५० हजार कामदारले मूल्यवृद्धिलाई धान्न कठिन भएकोले अहिलेको ज्यालामा तेब्बर वृद्धिको माग गर्दै हडतालमा सहभागी भएको बताए ।
आलु र प्याजजस्ता केही आधारभूत खाद्य वस्तुको मूल्य गत वर्षको तुलनामा दोब्बरभन्दा बढी भएको कामरानले बताए ।
उनले भने, “खाद्यान्न, इन्धन तथा घरभाडा पनि बढेको छ । नबढेको एउटा मात्र कुरा भनेको तलब हो ।”
गार्मेन्ट श्रमिक समहति युनियनकी प्रमुख तस्लिमा अख्तरले मुद्रास्फीति र मुद्राको अवमूल्यनलाई ध्यानमा राखिएपछि उत्पादकहरूले दिने क्षतिपूर्ति ‘सन् २०१७ मा कामदारले पाउने भन्दा कम’ भएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
मध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु
असोज ४, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
मिस नेपाल वर्ल्ड केसीलाई मनाङमा स्वागत
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार