कर छलेको आशङ्कामा रुसी टाइकुन कुज्मिचेभ पक्राउ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८० मंगलबार १८:३४:५३
१४ कात्तिक, पेरिस । कर छली र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू उल्लङ्घन गरेको आशङ्कामा फ्रान्सको प्रहरीले रुसी अर्बपति एलेक्सी कुज्मिचेभलाई पक्राउ गरेको छ । उनी सह–संस्थापक रहेको अल्फा समूहमाथि युरोपेली युनियनले प्रतिबन्ध लगाएको छ ।
उनलाई सोमबार राति सेन्ट–ट्रोपेजको रिभेरा रिसोर्टमा पक्राउ गरिएको बताइएको छ । सूत्रका अनुसार प्रहरीले उनको पेरिसस्थित घरसहित उनीसम्बद्ध थुप्रै स्थानमा छापा मारेको छ ।
युक्रेनमाथि रुसी आक्रमणपछि युरोपेली युनियनले सन् २०२२ मार्चमा कुज्मिचेभलाई प्रतिबन्ध लक्षित रुसी नागरिकहरूको सूचीमा राखेको थियो ।
युरोपेली युनियनका अनुसार कुज्मिचेभको ठूलो हिस्सा रहेको अल्फा बैंक रुसको सबैभन्दा ठूलो करदातामध्येको एक हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकट सम्बन्धका कारण कुज्मिचेभलाई ‘रुसको सबैभन्दा प्रभावशाली मानिस’ मा गनिन्छ ।
सूत्रका अनुसार फ्रान्सेली अनुसन्धानको नेतृत्व न्यायपालिकाको भ्रष्टाचारविरोधी एकाइमार्फत भइरहेको छ । उक्त एकाइले विशेषरूपमा कर छली र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको उल्लङ्घन गरेकामा कुज्मिचेभमाथि अनुसन्धान गरिरहेको छ ।
युरोपेली युनियनको प्रतिबन्धका कारण फ्रान्समा पारिवारिक सम्बन्ध भएको दावी गर्ने कुज्मिचेभको स्वामित्वमा रहेको ५० लाख युरोभन्दा बढी मूल्यका दुई डुङ्गा सन् २०२२ मार्चमा अधिकारीहरूले कब्जामा लिएका थिए ।
फोब्र्स पत्रिकारले ६१ वर्षीय कुज्मिचेभलाई छ अर्ब ४० करोड अमेरिकी डलरको कूल सम्पत्तिका साथ विश्वको ६१ औँ धनी व्यक्तिका रूपमा सूचीकृत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
मिस नेपाल वर्ल्ड केसीलाई मनाङमा स्वागत
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त
असोज ४, २०८१ शुक्रबार