१६ वर्षका किशोरको झोलाबाट २१ लाख ८७ हजार बरामद
नेपालबहस संवाददाता
कात्तिक १४, २०८० मंगलबार २१:१५:१८
१४ कात्तिक, विराटनगर । मोरङ प्रहरीले विराटनगर–६ शनिमन्दिर चोकबाट स्रोत नखुलेको २१ लाख ८७ हजार रूपैयाँ मंगलबार नगद बरामद गरेको छ । कोशी प्रहरी कार्यालयका प्रादेशिक अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले १६ वर्षीय किशोरले कालो झोलामा उक्त रकम बोकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी मोरङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार उनको साथबाट १ हजार दरको १ हजार ६८७ थान, ५ सय दरको १ हजार थान बरामद भएको हो । उक्त रकम हुण्डी कारोबारको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनको साथबाट कुमारी बैंक लिमिटेडको चेकबुक एक थान, एनआईसी एसिया बैंकको एक थान चेक, ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न मितिमा रकम जम्मा गरेको भौचर चार थान र प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार