तिहार र छठपर्वलाई लक्षित गरी बाहुनडाँगीमा सामूहिक फूलखेती
नेपालबहस संवाददाता
कात्तिक १५, २०८० बुधबार १०:३७:२
१५ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ ले यस वर्षको तिहार र छठपर्वलाई लक्षित गरेर सयपत्री तथा मखमली फूल बाहिरबाट आयात गर्नु नपर्ने गरी खेती गरेको जनाएको छ ।
मेचीनगर –४ वडाध्यक्ष अर्जुन कार्कीले वडाले महिलाहरूको समिति नै बनाएर सामूहिक फूलखेती गरेको बताए । उनले वडाका हरेक नागरिकले घर–घरमै आफूलाई पुग्ने गरी सयपत्री फूल लगाएको र अपुगमा वडाले समेत खेती गरेका कारण यस वर्षको तिहारमा भारतबाट फूल आयात गर्नु नपर्ने बताए ।
उनका अनुसार वडाले आफ्नै खर्चमा करिब १० कठ्ठा जमिनमा सयपत्री र मखमली फूलको खेती गरेको छ । फूलमा कोपिला लाग्न सुरु गरेकाले तिहारमा ढकमक्क फुल्ने उनले बताए । वडा फूलमा आत्मनिर्भर बन्यो, विगतमा जस्तो तिहारमा माला खरिदका लागि भारतको पानीट्याङ्की धाउनु पर्दैन”, उनले भने ।
मेचीनगर –९ का डिल्लीराम उप्रेतीले विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा व्यावसायिक फूलखेती गरेका छन् । उनले बाह्रै महिना सयपत्री फूलको खेती गरी आम्दानी गर्दै आएको छ । उनको बारीमा फुल्न लागेको सयपत्री फूलको मालाको तिहारका लागि माग आउन थालेको उनको भनाइ छ ।
यसैगरी कमल गाउँपालिका–२ मा सुवेदी इन्स्टिच्युट कृषि फार्मले सात कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गरेको छ । फार्मका सञ्चालक प्रवीन आचार्यले पहिलो चरणमै पाँच सय बढी माला निस्कने बताए । उनले पहिलोपटक थाइल्याण्डबाट मगाएर हाइब्रिड जातका सयपत्री फूलको बीउ लगाएको बताए ।
जिल्लामा बिभिन्न पालिकामा चाडपर्वलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गर्ने गरिएको छ । चाडपर्वमा फूलको माग बढ्ने भएपछि त्यसैलाई लक्षित गरेर समूह तथा व्यक्तिगतरूपमा फूलको व्यावसायिक खेती हुने गरेको हो । मेचीनगर, भद्रपुर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक बिघा जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती लगाएका छन् ।
विगतमा कृषि ज्ञान केन्द्रले समेत पूmलको बेर्ना उत्पादनका लागि अनुदान प्रदान गर्दै आएको थियो । जिल्लाका विभिन्न स्थानमा फूलको सामूहिक र व्यक्तिगतरूपमा व्यावसायिक खेती भएता पनि कति क्षेत्रफलमा खेती छ र कति उत्पादन हुन्छ भन्ने यकिन तथ्याङ्क कार्यालयसँग नभएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । तिहारमा मात्र पूर्वीनाका काँकडभिट्टाबाट विगतमा रु ६० लाख बढीको सयपत्री फूल माला आयात हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार