इलाम-२ को उपनिर्वाचन बैशाखमा र माघमा राष्ट्रियसभाका १९ पदको निर्वाचन गर्नुपर्छः प्रमुख आयुक्त
नेपालबहस संवाददाता
कात्तिक १५, २०८० बुधबार १२:३०:०
१५ कात्तिक, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाखमा उपनिर्वाचन गर्ने परामर्श आयोगले सरकारलाई दिएको बताएका छन् । उनले आयोगले निर्वाचनको तयारीलाई ध्यानमा राखेर सरकारलाई सुझाव दिएको बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उनले उपनिर्वाचन वैशाखमा गर्दा उपयुक्त हुने परामर्श दिइएको बताए । हाल इलाम क्षेत्र नम्बर २ मा नेकपा एमाले सांसद सुवास नेम्वाङको निधन पश्चात् स्थान रिक्त छ ।
यस्तै, राष्ट्रिय सभा निर्वाचन पनि माघको १०, ११ र १२ मध्ये एक दिन गर्ने तयारीमा निर्वाचन अयोग रहेको उनले बताए । माघ १०, ११ र १२ मध्ये एक दिन गर्छौँ, समिति बैठकमा उनले भने । राष्ट्रिय सभामा फागुन २१ बाट १९ जनाको पद रिक्त हुँदै छ ।
राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्दछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्य हरेक दुई–दुई वर्षमा रिक्त हुने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार