वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या
नेपालबहस संवाददाता
कात्तिक १५, २०८० बुधबार १४:१०:१०
१५ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली 'फेमिस' मा प्राविधिक समस्या आएको छ । उक्त समस्याका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि आवश्यक पर्ने अनलाइन प्रणालीका कागजात एवं अन्य काम गर्न नसकिएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने गरेको श्रमिकको ओरेन्टेशन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएकाले पुनः सञ्चालनका लागि काम भइरहेको छ ।
फेमिसमा देखिएको समस्याकै कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृत तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्ण रुपमा प्रभावित नभएको उनले बताए । अधिकृत शाहीले, “काम पूर्णरुपमा असर परेको छैन, केही समस्या भएको छ, प्राविधिक साथीहरूले केही दिन यतादेखि काम गरिरहेका छन् ।”
यसैगरी विभागले एक सूचना जार गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक सेक्सनलाई स्किप गर्ने र ओरेन्टेशन सेक्सनको लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाहरुबाट जारी गरेको दुई दिने अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र फेमिस प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाइएकाले सोही बमोजिम गर्नु गराउन हुन सबैलाई अनरोध पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
बुद्ध एयरले भारतको वाराणसीका लागि साताको तीन उडान गर्ने
असोज २, २०८१ बुधबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
बैशाख ७ गते राष्ट्रिय याक दिवस मनाइने, एडीबीको पौने २३ अर्ब ऋण स्वीकृत
असोज ४, २०८१ शुक्रबार
अमेरिकामा संविधान दिवस मनाइयो
असोज ४, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
असोज ४, २०८१ शुक्रबार
माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित अफरै अफरहरु
असोज ४, २०८१ शुक्रबार
गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै
असोज ४, २०८१ शुक्रबार
भारतविरुद्ध बंगलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट
असोज ४, २०८१ शुक्रबार