मिडियाले माओवादीको गलत प्रचार गरेः प्रधानमन्त्री
नेपालबहस संवाददाता
कात्तिक १५, २०८० बुधबार १६:२४:५३
१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिडियाले माओवादीको कू प्रचार गरेको आरोप लगाएका छन् । सरकारमा बसेर सडक प्रदर्शन गर्न लागेको भन्दै सवैतिर आलोचना भएपछि प्रधानमन्त्री पप्रचण्डले सञ्चार माध्यमले पार्टी निर्णयलाई गलत रुपमा प्रचार गरेको बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रम मा सञ्चारकार्मीहरुसँग पार्टीले वडास्तरमा गरेको जनपरिचालन कार्यक्रमलाई पालिका र प्रदेशस्तरमा गर्न खोजेको भन्दै सडक प्रदर्शनका बारेमा पार्टीले गरेको निर्णयको मिडियाले गलत प्रचार गरेको बताए ।
उनले भने, ’मिडियाले गलत ढंगले प्रचार गर्यो । अहिले देशभर वडास्तरमा जनपरिचालनका कार्यक्रमहरु चलिरहेको छ । जनपरिचालनलाई गाउँपालिका र काठमाडौंमा तीन वटा प्रदेशले एकै स्थानमा जनपरिचालन गर्न खोजेको हो । कसैका विरुद्ध कुनै प्रदर्शन गर्न खोजेको होइन ।’
माओवादी केन्द्रको मंगलबार बसेको बैठकले राजावादीहरु सक्रिय भएको भन्दै त्यसविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेका थिए । सरकारको नेतृत्व गर्ने र सडक प्रदर्शन पनि गर्ने भन्दै विभिन्न पक्षबाट माओवादी केन्द्रको आलोचना भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले एमालेको चियापान कार्यक्रमले दलहरुबीच समझदारी बनाउन राम्रो वातावरण बनाएको बताए । अस्ती कांग्रेस र आज एमालेले गरेको चियापान कार्यक्रमले राजनीतिक पार्टीहरुबीच समझदारी बढाउन राम्रो वातावरण बनेको प्रधानमन्त्रीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार