पुष्पमेलामा सोचेजस्तो व्यापार नहुँदा व्यवसायी खिन्न
नेपालबहस संवाददाता
कात्तिक १५, २०८० बुधबार १९:५८:३१
१५ कात्तिक, काठमाडौं । तिहार आउन दुई साता बाँकी रहँदा भृकुटीमण्डपमा फूलको उत्सव चलिरहेको छ । नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो’ मा अवलोकनकर्ताको भीड लागे पनि फूलको सोचेजस्तो बिक्री नभएपछि व्यवसायी खिन्न भएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको सुवास नर्सरीका सञ्चालक सुवास लामा प्रदर्शनीमा अवलोकनकर्ताको भीड लागे पनि बिक्री उत्साहजनक नरहेको बताउँछन् । उनले भने, “गोदावरी, ‘इनडोर तथा आउटडोरका प्लान्ट’ राखिएको छ, तर अवलोककर्ता खरिद नगरी फर्कन्छन् ।” नर्सरी व्यवसायी लामाले आफ्नो बिक्री कक्षमा रु एक सय ५० देखि तीन हजार पाँच सयसम्मका फूल बिक्रीमा राखेको छ ।
रेड रोज नर्सरीका सञ्चालक मिलन कार्की मौसमी तथा बेमौसमी फूल बिक्रीमा राखिए पनि अवलोककर्ताले बेमौसमी फुलहरू बढी किन्ने गरेको सुनाए । उनले भने, “स्टलबाट प्रचारप्रसार राम्रै भएको छ । धेरैजना बेमौसमी फूल किन्न आउने गरेका छन् । उपभोक्ताले सस्ता फूल खोजेका छन् ।”
अहेर्न चाँगुनारायणबाट आउनुभएका विजय उपाध्याय फूल महँगा भएको गुनासो गर्छन् । प्रदर्शनीमा बेचिने फूल नर्सरीकाभन्दा सस्ता हुनुपर्ने उनी बताउँछन् । ‘तिहारको महोत्सव, फूलको उत्सव’ नारासहित मङ्गलबारदेखि प्रदर्शनी जारी छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा ६२ वटा नर्सरी कक्ष छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने
पुष ५, २०८१ शुक्रबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार