संविधानबाट समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छः कोइराला
नेपालबहस संवाददाता
कात्तिक १५, २०८० बुधबार २१:५३:४१
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानमा संशोधन गरेर समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएका छन् । उनले प्रत्यक्षतर्फ नै सबै क्लष्टरहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बुधबार कास्की क्षेत्र नं. १ मा कांग्रेसको क्षेत्रीय सम्मेलनमा बोल्दै आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने भन्दै नेता कोइरालाले आगामी निर्वाचनमा गठबन्धन नगर्ने मनस्थिति बनाएर देशभरिबाट कार्यकर्ताहरूले अहिल्यैदेखि काम थाल्नुपर्ने बताए ।
उनले भने, ‘समानुपातिक निर्वाचन प्रणालीलाई बिदा गरौँ । तर संविधानमा व्यवस्था गरिएको समावेशिताको मर्मलाई लागू गर्ने गरी क्लष्टरबाट उम्मेदवारी दिने व्यवस्था गरौँ । सबै प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरौँ । एक्लै चुनाव लडौँ । गठबन्धन नगरी चुनावमा जाऔँ । तपाईहरू अहिले देखि नै एक्लै चुनाव लड्नुपर्छ भनेर वडा–वडामा जानुहोस्, हामी आगामी निर्वाचनमा एक्लै लडौँ ।’
कोइरालाले व्यवहारवादी राजनीतिको नाउँमा कांग्रेसले सिद्धान्तहिन राजनीतिको बाटो समात्न खोजिरहेको बताए । उनले आफू भने सिद्धान्तहीन राजनीति गर्न नसक्ने बताए । नेता कोइरालाले पार्टीले बाटो बिराउन लाग्दा कोशीमा पार्टीको सिद्धान्तलाई केन्द्रमा राखेर एउटा फरक अभ्यास भएको दाबी गरे ।
व्यवहारबादी राजनीतिको नाउँमा नेपाली कांग्रेसले आफ्नो सिद्धान्तहरू छोड्दैछ । तर म छोड्दिनँ । म सिद्धान्तहीन राजनीति गर्न सक्दिनँ । कोशीमा पार्टीले सिद्धान्त छोड्न लाग्दा एउटा एक्पेरिमेन्ट भयो, कोइरालाले भने । नेता कोइरालाले पछिल्लो विकसित राजनीतिक घटनाबारे पार्टीमा सभापति शेरबहादुर देउवा र नेताहरूसँग संवाद भइरहेको बताए ।
‘सबैसँग कुरा भइरहेको छ । सभापतिजीसँग पनि अस्तिको दिनमात्रै भेट भयो । मेरो उहाँसँग पनि संवाद भइरहेको छ । उहाँ पार्टीको सभापति हो, हामीभन्दा सिनियर हो, उहाँलाई सम्मान नै गरेर अघि बढ्ने हो, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार