अस्ट्रेलियाका मार्स विश्वकप छोडेर स्वदेश फर्किए
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार ११:३६:४२
१६ कात्तिक, सिड्नी । अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् ।
ग्लेन म्याक्सवेल गल्फ कार्ट ९बग्गी० बाट लडेर चोटका कारण खेलबाट बाहिरिएसँगै अहमदाबादमा यसै साताको अन्त्यमा इङ्गल्यान्डसँगको भिडन्तअघि मार्सको अनुपस्थिति अस्ट्रेलियाका लागि अर्को झट्का हो ।
क्रिकेट अस्ट्रेलियाले मार्सका बारेमा ट्विटरमा भनेको छ, “टिममा उनको फिर्तीको समयसीमा निश्चित हुन बाँकी छ ।” १५ सदस्यीय टिममा कसैलाई प्रतिस्थापनका लागि बोलाइने हो वा होइन स्पष्ट भएको छैन ।
बत्तीस वर्षीय अस्ट्रेलियाको टि–२० का कप्तान मार्स विश्वकपमा राम्रो फर्ममा रहेका छन् र अहिलेसम्म ३७ दशमलव ५० को औसतमा दुई सय २५ रन बनाइसकेका छन् । पाकिस्तानविरुद्ध डेभिड वार्नरसँग दुई सय ५९ रनको सुरुआती साझेदारीमा उनले एक सय २१ रनको सानदार पारी खेलेका थिए ।
मार्स र म्याक्सवेल दुवै टिमबाट बाहिर भएपछि मार्क स्टोइनिस वा क्यामरुन ग्रिनलाई जोस बटलरको सङ्घर्षरत इङ्गल्यान्डको सामना गर्नका लागि तयार भएको देखिएको छ । इङ्गल्यान्ड अहिलेसम्म छ खेलमा मात्र दुई खेल जितेर १० टिममा अन्तिम स्थानमा रहेको छ ।
अहिले तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले आफ्नो अभियान सुस्त गतिमा गरेपछि लगातार चार खेल जितेको छ । सोमबार गल्फको एक राउन्ड खेलपछि अँध्यारोमा बग्गी पछाडिबाट खसेपछि म्याक्सवेल कन्कसन प्रोटोकलअन्तर्गत अनुपलब्ध छन् किनकी भारतमा लगातारको टुर्नामेन्टका क्रममा खेलाडीहरूले विश्राम लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार