बिहीबार सुनचाँदी र डलरको एकैपटक बढ्यो मूल्य
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार ११:५७:५१
१६ कात्तिक, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी र डलरको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ ।
छापावाल सुन तोलाको एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसैगरी अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ भने खरिददर मूल्य १३२ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
यसअघि असोज ३० गते पनि यहीं उच्च मूल्यमा पुगेर डलरको भाउ केही घटेको थियो । पटक पटक अमेरिकी डलरले सो विन्दुमा टेवा लिए पनि आगामी दिनमा नयाँ रेकर्ड नै बनाउन सक्नेछ । डलरको मूल्यवृद्धि हुनु भनेको भारतीय मुद्रा कमजोर हुँदा सो मुद्रासँग स्थिर बिनिमयदर रहेको नेपाली मुद्रा कमजोर हुन्छ ।
अमेरिकी डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रसँग गासिएका केही क्षेत्रमा फाइदा देखिए पनि समग्र अर्थतन्त्रमा ठूलो बेफाइदा पुग्ने गर्दछ । डलरको मूल्य बढ्दा खासगरी रेमिट्यान्स क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा सामान्यतः खाडी मुलुकका मुद्राको भाउ पनि बढ्ने गरेको छ । जसले गर्दा ती मुलुकबाट पठाउने रेमिट्यान्सले धेरै भाउ पाउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार