मुख्यमन्त्री कार्कीलाई नेपाल किसान महासंघ कोशी प्रदेशको बधाई तथा ज्ञापनपत्र
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार १२:६:६
१६ कात्तिक, विराटनगर । नेपाल किसान महासंघ कोशी प्रदेश समितिले कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिँदै किसानका समस्याहरु सहितको २१ बुँदे ज्ञापनपत्र बुझाएको छ । विराटनगर स्थित मुख्यमन्त्री कार्यालयमा एक समारोहकाबीच बधाई तथा शुभकामना सहित ज्ञापनपत्र बुझाएको नेपाल किसान महासंघ कोशी प्रदेश समितिको सचिवालयले जनाएको हो ।
नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य केदार कार्की भर्खरै मात्रै मुख्यमन्त्री बनेका हुन् । उनले केहिदिन अघि मात्रै प्रदेशसभाबाट विश्वासको मत समेत प्राप्त गरिसकेका छन् । नेपाल किसान महासंघ कोशी प्रदेशले नवनियुक्त मुख्य मन्त्रि माननीय केदार कार्कीलाई मुख्यमन्त्री कार्यालयमै पुगी सफल कार्यकालको शुभकामना सहित सम्मानपत्र हस्तान्तरण गरेको हो । विगतमा बनेका प्रदेश सरकारबाट ग्रामीण किसानहरुले कुनै पनि राहत तथा अनुदान सहितका सहयोगहरु नपाएको गुनासाहरु आइरहँदा अहिले नियुक्त भएका मुख्यमन्त्री बाट भने महासंघले अत्यन्तै धेरै आशा र भरोसा राखेको महासंघका कोशी प्रदेश सचिव यज्ञ प्रसाद भट्टराईले बताए ।
कृषिप्रधान मुलुकमा किसानका समस्या सुन्ने निकाय समेत प्रदेश सरकारको कार्यालयमा नहुनु अत्यन्तै दुखद रहेको बताउँदै नेपाल किसान महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले कोशी प्रदेश सरकारले कृषिका योजना तर्जुमा गर्दा नेपाल किसान महासंघको प्रतिनिधिलाई अनिवार्य संलग्न गराउन मुख्यमन्त्रीलाई अनुरोध समेत गरेका थिए ।
नेपाल किसान महासंघ कोशी प्रदेश समितिले प्रस्तुत गरेका २१ बुँदे ज्ञापनपत्रमा किसान परिचयपत्रको ब्यवस्था, लम्पी स्क्रिनबाट पिडित किसानलाई तत्काल क्षतिपूर्ति, कृषि कार्यक्रममा महासंघको अनिवार्य सहभागिता, कृषि अनुदानको वर्गीकृत वितरण, कृषि उत्पादनको समर्थन मूल्य तोक्ने, खुला सिमानामा खाद्यान्न आयातमा कडाइ, रासायनिक मलको सहज उपलब्धता, प्रदेशमा रासायनिक मल उत्पादन गर्ने कारखानाको स्थापना, कृषि ज्ञान केन्द्र हरुलाई किसान सहयोग केन्द्रको रुपमा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने महासंघले दिएको ज्ञापनपत्रमा उल्लेख भएका विषयहरु हुन् ।
त्यसैगरी ज्ञापनपत्रमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने किसान तथा मजदुरलाई दीर्घकालिन समाधान सहित धनी पूर्जा वितरण प्राकृतिक प्रकोपको नियन्त्रण र क्षतिपूर्ति वितरण वन्यजन्तुको दीर्घकालीन समाधान तथा क्षतिपूर्तिको व्यवस्था बाँझो जमिन व्यवस्थापन तथा उपयोग नीति, खाद्य बैंकको स्थापना, जिनबैङ्कको स्थापना, व्यवसायी फलफूल तथा तरकारी खेती प्रवर्द्धन, माछा पालन, मौरी पालन, कुखरा पालन, सनपाट खेति, अदुवा, अम्लिसो, ओलन, अलैंची, अकबरे खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम तत्काल घोषणा गरी कार्यान्वयनमा ल्याउन पनि महासंघले ज्ञापनपत्रमा प्रदेश मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको प्रदेश कोषाध्यक्ष शान्ति बस्नेत कार्कीले बताएकी छन् ।
प्रदेश कोषाध्यक्ष शान्ति बस्नेत कार्कीका अनुसार नेपाल किसान महासंघ कोशी प्रदेश समितिले आफ्ना ज्ञापनपत्रमा कृषि प्रशोधन केन्द्र, कृषि भण्डारण तथा शीत गृह निर्माण, बिना ब्याजको कृषि कर्जा, कृषिमा उच्च अनुदान, नगदेबाली हरु चिया कफी अलैंची अदुवा सुपारी जडीबुटीहरूको बजारीकरणमा कोशी प्रदेश सरकार र कोशी प्रदेश कृषि मन्त्रालय सहयोगी बन्नु पर्ने कुराहरु ज्ञापनपत्रमा उल्लेख रहेको बताएकी छन् ।यसैगरी साना सिचाई भूमिगत तथा लिफ्ट सिँचाइलाई आम किसानले प्रयोग गरी आकाशे खेतीको मारबाट किसानलाई छुटकारा दिलाउनु पर्ने, प्रदेशमा रहेका कृषि अनुसन्धान केन्द्र हरुलाई १४ वटै जिल्लामा सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाउँदै हरेक पालिकामा कृषि प्रदर्शनी प्लट निर्माण गरी उक्त प्लटलाई सिकाई तथा अनुभव आदानप्रदान केन्द्रका रूपमा बिकास गर्न समेत ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
नेपाल किसान महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल किसान महासङ्घका केन्द्रीय सदस्यहरु द्वय केशव भट्टराई र डम्बर कार्की, नेपाल किसान महासंघ कोशी प्रदेशका उपसभापति नविनकुमार चौधरी, प्रदेश सचिव द्वय यज्ञप्रसाद भट्टराई र भविन खड्का, प्रदेश कोषाध्यक्ष शान्ति बस्नेत कार्की, प्रदेश सहसचिव बर्तबहादुर धिमाल, प्रदेश सदस्यहरू गणेश गौतम, श्रीप्रसाद तिवारी, सुरज श्रेष्ठ, गोपालप्रसाद दाहाल, केशव बस्नेत, भावना अर्याल, महासंघ सुनसरी जिल्ला अध्यक्ष रामबृक्ष मेहता, झापा, मोरंग र सुनसरी जिल्लाका नेपाली कांग्रेसका नेता तथा भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको नेपाल किसान महासंघका कोशी प्रदेश समितिका उपाध्यक्ष नवीन कुमार चौधरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार