कांग्रेस सांसद गौतमद्वारा सदनमै मौनधारण
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार १२:१६:४९
१६ कात्तिक, काठमाडौं । आफूले उठाएका माग सम्बोधन नगरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संसद बैठकमा एक मिनेट मौनधारण गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्ने पालो आउँदा उनले मौनधारण गरेका हुन् । सहमति कार्यान्वयन नभएको भन्दै पटक पटक उनले आवाज उठाउँदै आएका छन् ।
आफूले आफ्नो निर्वाचन क्षेत्र बर्दियाको विषयसहित उठाएका अन्य विषय सरकारले नसुनेको भन्दै सांकेतिक रुपमा मौनधारण गरेर सरकारको विरोध गरेका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रमा पटक पटक आवाज उठाउँदा पनि पुल निर्माण नभएको भन्दै उनी पुलमुनि गएर अनसन बसेका थिए । जबदी पुलमुनि १५ बुँदे माग राख्दै गएको जेठमा उनी आमरण अनसनमा बसेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार