सशस्त्रमा आर्थिक अनियमितताको आरोपमा कारबाही भोगेका एसपी बढुवा सिफारिस
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार १२:४५:८
![](https://nepalbahas.prixacdn.net/media/albums/Armed-Police-Force-Nepal_20190221033109_3RWkdkGOmS_9Mh4RYsXnn.webp)
१६ कात्तिक, काठमाडौं । सशस्त्रका विवादास्पद एसपी नानीराम हुमागाईं बढुवा सिफारिसमा परेका छन् । इन्जिनिरिङ तर्फको एसएसपीका लागि ई. नानीराम हुमागाईंको सिफारिस गरिएको हो । सो सिफारिसविरुद्ध चित्त नबुझे २१ गतेभित्र उजुरी दिन सकिने समेत सशस्त्रले जनाएको छ ।
दुई वर्ष अघि महिनौंसम्म कर्मचारीलाई आउट छाडेको भन्दै सशस्त्र प्रहरी बल हातहतियार तथा यान्त्रिक कार्यशाला (आर्मोरर), बलम्बुका एसपी हुमागाईं छानविनमा परेका थिए । सो कार्यशालामा रहेका जनशक्तिलाई बिदामा छाडेको र उनीहरूले खाइपाई आएको राशनभत्तामा एसपीले आँखा लगाएको मात्र होइन, असुल गरेको आरोप लागेपछि उनीमाथि छानविन गरिएको थियो । त्यति बेला हालका डीआईजी दीपेन्द्र शाहले उनीमाथि छानविन गरी कारबाहीको सिफारिस गरेका थिए ।
उनीमाथि सिपाहीलाई मन लाग्दी बिदा बस्न लगाएर तोकिएको जिम्मेवारी पूरा नगरी तलब भत्ता मात्र खुवाएको आरोप लागेको थियो । उनीमातहत ८० जना कार्यरत रहेका थिए । यसमध्ये एक चौथाईभन्दा कम कर्मचारीलाई मात्र कार्यालयमा राखी अरू सबैलाई बिदा छाड्ने गरेको उजुरी परेको थियो ।
सो उजुरीको विषयमा छानविन गर्न सशस्त्र प्रहरीका तत्कालीन एसएसपी दीपेन्द्र शाहको कमाण्डमा छानविन समिति बनाइएको थियो । ८० जना कर्मचारीमध्ये २५ जनालाई नियमित काममा लगाई ५५ जनालाई बिदा छाडेर उनीहरूको रासनवापतको नगद हात पार्दा मासिक अतिरिक्त आम्दानी गर्दा मासिक २ लाख भन्दा बढी रकम लिने गरेको उजुरीमा उनी दोषी देखिएको सशस्त्र प्रहरी स्रोतले जनाएको थियो ।
सशस्त्र प्रहरीमा जनशक्ति अभाव भैरहेको भन्दै तत्कालीन महानिरीक्षक शैलेन्द्र खनालले गृह मन्त्रालय र अर्थ मन्त्रालयमा प्रस्ताव गरिरहँदा सशस्त्रकै केही कमाण्डरहरुले तोकेको स्थानमा डिउटी नखटाउने र भएकैलाई घर बिदा छाड्ने गरेका गुनासा आएपछि मुख्यालयले त्यस्ता स्थानमा छड्के जाँच गर्न थालेको छ । अहिले सो यान्त्रिक कार्यशालामा शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा सशस्त्र प्रहरीले प्रयोग गर्ने ५४ वटा महँगा सवारी साधन पनि छन् । ती साधन दैनिक २ लिटर इन्धन राखी स्टार्ट गर्नुपर्छ । अरू ६ वटा ठूला सवारीसाधनलाई दिनहुँ ३ लिटर इन्धन राखी स्टार्ट गरेर तन्दुरुस्त राख्नुपर्ने हुन्छ । यस्तोमा पनि घोटाला हुने गरेको थियो ।
गाडी स्टार्ट गर्न दैनिक प्राप्त हुने १२६ लिटर इन्धन सदुपयोग भन्दा बढी दुरुपयोग हुने गरेको थियो । तीन दिनमा एकपटक गाडी स्टार्ट गर्दा मासिक २० दिनको इन्धन बचत हुन्छ । दैनिक १२६ लिटरका दरले २० दिनको २५२० लिटर इन्धन फोकटमा हात पर्छ । एक महिनामा ३ लाख ५७ हजारभन्दा बढी अतिरिक्त आम्दानी गर्ने गरेका थिए ।
मुख्यालयले गाडीको मर्मत सम्भार शीर्षकमा वार्षिक ४२ लाख रूपैयाँ पठाउने गरेको थियो । तर ०७४ सालदेखि खासै मर्मत गरिएको छैन । उनीमाथि छानविन गरेका शाहले हुमागाईलाई दोषी ठहर गरी विभागीय कारबाहीको सिफारिस गरेका थिए । उनै एसपी हुँमागाईलाई अहिले बढुवा सिफारिस गरिएको छ ।
यस्तो थियो उनीमाथि लागेको आरोपः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरीद्वारा ठूलो परिणामको लागूऔषधसहित ११ जना पक्राउ
माघ २५, २०८१ शुक्रबार
सशस्त्रमा दुश्मन हेरेको हेर्यो भन्ने गीतको चर्चा !
माघ १६, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार