रणनीतिक सीमावर्ती सहरमा नियन्त्रण गुमाएको म्यान्मा सेनाको भनाइ
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार १२:५५:०
१६ कात्तिक, म्यान्मा । तीन जातीय सशस्त्र समूहसँग धेरै दिनको झडपपछि म्यान्माको सेनाले चिनियाँ सीमामा रहेको एक रणनीतिक उत्तरी सहरमाथि नियन्त्रण गुमाएको सेनाका एक प्रवक्ताले बताएका छन् ।
“चीनको युनान प्रान्तको सीमामा रहेको चिनेश्वेहा सहरमा सरकार, प्रशासनिक निकाय र सुरक्षा निकाय अब छैनन्”, बुधबार राति जाव मिन तुनले एक विज्ञप्तिमा भने ।
म्यान्माको उत्तरी राज्य शानको एउटा ठूलो भागमा शुक्रबारदेखि लडाइँ सुरु भएको छ । त्यहाँ चीनको बेल्ट एन्ड रोड ग्लोबल इन्फ्रास्ट्रक्चर परियोजनाअन्तर्गत एक अर्ब डलरको रेल लिङ्कको योजना बनाइएको छ ।
ता’आङ नेसनल लिबरेसन आर्मी (टीएनएलए), आराकान आर्मी (एए) र म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडीएए) ले म्यान्माको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग जोड्ने थुप्रै सैन्य चौकी र प्रमुख सडकहरूमाथि कब्जा गरेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघले हजारौँ मानिस विस्थापित भएको र केही मानिस सीमा पार गरेर चीनमा भागेको भन्दै चिन्ता व्यक्त गरेको छ । यसै वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्म चीनसँग म्यान्माको एक अर्ब ८० करोड अमेरिकी डलरको सीमा व्यापारको एक चौथाईभन्दा धेरै हिस्सा चिनेश्वेहा सहरमार्फत भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार