जनयुद्ध दिवसबारे माओवादी र एमालेको संसदमा दोहोरी
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार १४:३०:५६
१६ कात्तिक, काठमाडौं । फागुन १ गते जनयुद्ध दिवस मनाउने सरकारको निर्णयलाई लिएर संसद बैठकमा एमाले र माओवादीका सांसदको चुहारी चलेको छ । जनयुजनयुद्ध दिवस मनाउने सरकारको निर्णयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चुहारी चलेको हो ।
संघीय संसदको चालू अधिवेशनको अन्त्य हुनु अगाडि प्रतिनिधिसभामा सदनको कामकारबाहीको विषयमाथि धारणा राख्ने क्रममा एमाले उपाध्यक्ष पौडेलले जनयुद्ध सुरू भएको दिनलाई उत्सवका रुपमा लिन नसकिने बताए । जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन उनको आग्रह छ । फिर्ता लिन नसके सदनमा प्रस्ताव ल्याउन उनले चुनौती दिए ।
जवाफमा माओवादीका उपमहासचिव पुनले एमाले समेत सहभागी सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको स्मरण गराए । ‘जनयुद्ध दिवसको बारेमा म स्मरण गराउन चाहन्छु –माघ १९ गते त्यो निर्णय भएको रहेछ । पूर्व वक्ता (विष्णु पौडेल) माननीय ज्यू उपप्रधानमन्त्री हुनुहुँदो रहेछ । त्यही मन्त्रिपरिषदले निर्णय गरेको रहेछ’ पौडेललाई पुनले जवाफ फर्काए ।
आफैँले निर्णय गर्ने र अर्को ठाउँमा पुगेर आलोचना गर्ने संस्कार गलत भएको उनले बताए । पुस १० को सहमतिअनुसार प्रधानमन्त्री बनेका नेकपा माओपादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा एमाले पनि सहभागि भएको थियो । त्यतिबेला उपाध्यक्ष पौडेल उपप्रधानमन्त्री भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार