प्रमुख राजनीतिक दलको समझदारीमा सरकार विशेष कार्ययोजना सार्वजनिक गर्ने तयारीमा छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार १५:३०:५०
१६ कात्तिक, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीति र आर्थिक संकट समाधानका लागि प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिने सहमति भएको बताएका छन् । उनले वर्तमान राजनीतिक र आर्थिक संकट समाधानका लागि संयुक्त अपिल गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । संयुक्त अपीलका लागि मुख्य राजनीतिक दलहरूबीच समझदारी बनिसकेको उनले बताएका छन् ।
बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालले स्तरोन्नति गरेर थप गर्न लागेको २ सय शय्या सञ्चालनका लागि निर्माण हुने भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक र आर्थिक संकट समाधाना सरकार पनि गम्भीर भएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न विस्तृत शान्ति सम्झौताका पक्षधर मुख्यदलहरू एकै स्थानमा उभिएर १÷२ दिनभित्रै हामीले अपिल गर्ने तयारीमा छौं, उनले भने ।
अहिले राजनीतिक संकट र आर्थिक संकट समाधान गर्ने विषयमा पनि सरकार गम्भीर छ । उनले प्रधानमन्त्रीकै उपस्थितिमा समीक्षासहित विशेष कार्ययोजना पनि सार्वजनिक गर्न लागेको बताए । आर्थिक क्षेत्रको सुधारका लागि पनि सरकार निरन्तर प्रयासमा लागेको उनले बताए । ‘सरकारकै प्रयासले बैंकको ब्याजदर केही घटेको छ, त्यसलाई एक अंकमा झार्ने प्रयासमा सरकार छ,’ उनले भने, ‘थप राजनीतिक र आर्थिक कमिटमेन्ट पनि हामीले दलहरूको तर्फबाट सामूहिक रुपमा गर्दैछौं, त्यसपछि पनि आर्थिक क्षेत्र थप सुधार हुनेछ ।’
प्रधानमन्त्रीको हैसियतमा आफूले गरेका भारत, संयुक्त राष्ट्रसंघ, अमेरिका र चीन भ्रमणका परिणामहरू पनि आउने क्रममा रहेको बताए । ‘कतिपय परिणाम आउन समय लाग्छ,’ उनले भने, ‘त्यस्ता परिणामहरू अब आउने क्रममा रहेका छन् ।’
प्रधानमन्त्री प्रचण्डले आम्दा नेपालले सञ्चालन गरिरहेको सिद्धार्थ बाल तथा महिला अस्पतालको शय्या थपका लागि निर्माण हुन लागेको २ सय शय्याको भवनको शिलन्यास पनि गरेका छन् । भवन निर्माणको लागत १० करोड रुपैंयाँ छ । उक्त रकम जापानस्थित आम्दा इन्टरनेसनलले सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आम्दा इन्टरनेशनलका अध्यक्ष डा सुगानामीकी श्रीमतीलाई पत्र लेखेर आग्रह गर्ने प्रतिबद्धता पनि जनाएका थिए । त्यस्तै आम्दा इन्टरनेशनल मेडिकल कलेज निर्माणका लागि पनि सरकारले आवश्यक पर्ने र हुन सक्ने सबै सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री दाहाल अस्पतालको कार्यक्रम सकेर माओवादी केन्द्रले आयोजना गरेको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार