विश्व बैंकबाट नेपालले लियो करिव १४ अर्ब सहुलियतपूर्ण ऋण, गुणस्तरीय स्वास्थ्य सेवामा खर्चिने
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार १५:४४:४
१६ कात्तिक, काठमाडौं । नेपाल सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै विश्व बैंकबाट करिव १४ अर्ब सहुलियतपूर्ण ऋण लिने सम्झौता गरेको छ । जस्मा १० करोड डलर (झण्डै १३ अर्ब ३० करोड रुपैयाँ) सहुलीयतपूर्ण ऋण हो भने ३८ लाख ४० हजार (झण्डै ५१ करोड रुपैयाँ) अनुदान हो ।
अर्थ मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा यो ऋण अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)मार्फत प्राप्त हुने जनाइएको छ । अनुदान स्वास्थ्य आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपीआरटीएफ)बाट प्राप्त हुने विश्व बैंकले जनाएको छ ।
दुवै सहायतामा बिहीबार विद्युतीय हस्ताक्षर भएको र यो नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना भएको समेत विश्व बैंकले जनाएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव डा. कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार यो कार्यक्रम संघीय तहको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका छनोट गरिएका प्रदेश र स्थानीय तहको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यानवयन गर्नेछ । यस कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँच अभिवृद्धि र छनोट गरिएका प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपतकालीन पूर्वतयारी एवम् प्रतिकार्य क्षमता सुदृढीकरणमा खर्च हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार