आजको भुल सुधार्ने २४ घण्टाको अवसर छ, भोलि सुधारेर देखाउँछौ : प्रशिक्षक देसाई
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार १६:४५:३
१६ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले भोलि युएईसँग हुने सेमीफाइनलमा आजका भुल सुधार्ने प्रतिबद्धता जनाएका छन् । आज भएको आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपाल र ओमानबीचको रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि, प्रशिक्षक देसाईले भोलिको खेलमा आजका भुल सुधार्ने बताएका हुन् ।
खेल सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक देसाईले ओमानको खेलको तारिफ गरे । सँगै उनले नेपालको खेलले आज दर्शकहरु निराश हुनु परेपनि भोलि युएईसँग हुन लागेको खेलमा आजको भन्दा राम्रो गर्ने बताए ।
देसाईले भने,‘आज हामीले आफ्नो लाइन क्रस गर्न हुँदैन थियो । यो निराशा जनक हो । म भन्दा पनि धेरै खेलाडी र उनीहरू भन्दा धेरै दर्शक निराश छन् । तर,हामीसँग एउटा अवसर छ, २४ घण्टाको कुरा हो । भोलि हामीले त्यसलाई करेक्ट गर्नुपर्छ ।’
उनले आजको खेलमा आफ्ना खेलाडिको व्याटिङ मुडलाई नजिकबाट हेरेको र आफूले इन्जोए गरेको बताए । उनले भोलि मूलपानीमा युएइसँग हुने प्रतिस्पर्धा च्यालेन्जको रुपमा लिएको र उत्साहपूर्वक क्यिर माइण्डसेट बनाएर खेल्ने बताए ।
ओमानका क्याप्टेन जिसन मक्सुदले आफ्नो टीमले जितेकोमा खुशी व्यक्त गरे तर,उनी आफ्ना टीमले सुरुमा गरेको प्रदर्शनले खुशी थिएनन् । नेपालले घरेलु मैदानमा खेलिरहँदा आज खराब व्याटिङ गरेकै कारण जीतबाट चुकेको बताए ।
नेपाल र यूएईबीचको सेमिफाइनल खेल शुक्रबार मूलपानी क्रिकेट मैदानमा हुनेछ । यूएईले मूलपानीमा भएको समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्दै समूह विजेता बनेको हो । दुवै टोली भोली सेमिफाइनलको लागि प्रतिस्पर्धा गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार