नेपाली सेना र नेपाल प्रहरीले माग्यो कर्मचारी
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार ९:२९:४४
१७ कात्तिक, काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीमा जागिर खुलेको छ । सैनिक साधारण सेवा समूह अन्तर्गत २२९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त मागिएको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि शुक्रबार सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको हो ।
नेपाली सेनाका लागि २२९ अधिकृत क्याडेट खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाइएको छ । जसअनुसार सैनिकका सन्तति १२, खुलातर्फ १२२, महिला १७, आदिवासी-जनजाति ३३, मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो । आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।
यस्तै नेपाल प्रहरीले पनि ठूलो संख्यामा कर्मचारी मागेको छ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त पदहरूमा आवेदन खुलाएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको मानव श्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूह अन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको जनाउँदै निवेदन माग गरेको हो ।
नेपाल प्रहरीका अनुसार माग गरेका पदमा योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।
नेपाली सेना
नेपाल प्रहरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार