सरकारले आज र भोलि गरी ३२ लाख बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधी खुवाउने
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार ९:४३:२
१७ कात्तिक, काठमाडौं । सरकारले आज र भोलि भिटामिन 'ए' र जुकाको औषधी खुवाउँदै छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आव्हान र संयोजकत्वमा आज र भोलि भिटामिन 'ए' र जुकाको औषधी खुवाउन लागिएको हो ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउने गरेको छ ।
तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरूको महान पर्व बडा दशैं परे पछि पूर्व निर्धारित मिति सार्नु परेको थियो । जसका कारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो ।
दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसका अनुसार सोही कार्यक्रम अन्तर्गत आज र भोलि गरी यसै गरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने योजना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
माघ २३ गतेदेखि पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
कात्तिक २९, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार