कांग्रेसको महासमिति बैठक एक हप्ता सर्न सक्ने
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १०:१:३९
१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १३ देखि १५ सम्म काठमाडौंमा गर्ने भनेको महासमितिको बैठक सार्ने तयारी गरेको छ । महासमितिको बैठक एक हप्ता पर सार्ने विषयमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका पदाधिकारी तथा नेताहरूसँग सभापति शेरबहादुर देउवाले परामर्श गरिरहेका छन् ।
धुम्बाराहीमा महासमितिको बैठक सार्नेबारे छलफल भइरहेको कांग्रेसका एक नेताले नेपालबहसलाई बताए । उनका अनुसार तयारी नपुगेको भन्दै महासमितिको बैठक एक साता सार्ने विषयमा छलफल भइरहेको छ । सभापति देउवा उपचारका लागि भारत जाने बुझिएको छ । देउवा बिहीबार नै भारत जाने भन्ने थियो तर, महासमितिको बैठकबारे छलफल गर्नुपर्ने भएकोले रोकिएको ती नेताले बताए ।
कांग्रेसले मंसिरमा हुने महासमिति बैठकका लागि तयारी सुरू गरेको थियो । पार्टीले लिने नीति तय गर्न कांग्रेसले मंसिर १३, १४ र १५ गते महासमिति बैठक गर्न लागेको थियो । बैठक तयारी गर्न सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन गरिएको छ । समितिमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरू, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला सभापति, भ्रातृ संस्थाका अध्यक्षहरू सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
बैशाख ७ गते राष्ट्रिय याक दिवस मनाइने, एडीबीको पौने २३ अर्ब ऋण स्वीकृत
असोज ४, २०८१ शुक्रबार
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार
लोकसेवाको परिक्षा पास गरेर एक वर्षमा २७ सय जना बने सरकारी कर्मचारी
असोज ४, २०८१ शुक्रबार
गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
असोज ४, २०८१ शुक्रबार