प्रतिक्षामा रेशमको फैसला, कात्तिक २३ मा अन्तिम सुनुवाइ
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १०:३३:५३
१७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले बिहीबार व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई आममाफी दिने सरकारी निर्णय बदर गरि दिएपछि यसै प्रकृतिको कैलाली घटनाका दोषी रेशम चौधरीको कैद मिनाहा के हुन्छ भन्ने आज जिज्ञासा यति बेला छ ।
चैधरीको कैद मिनाहा विरुद्धमा सर्वोच्चमा रिट परेको छ । यो रिटको अन्तिम सुनुवाइ कात्तिक २३ मा हुँदैछ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जबाट पक्राउ गरिसकेको छ । सर्वोच्च अदालतले सरकारको सिफारिसमा कैद कट्टीसहित आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ अर्को साता गर्दैछ ।
सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ कात्तिक २३ गते हुदैँछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले दिएको मुद्दाको सुनुवाइ कार्तिक २३ गते हुन लागेको हो ।
कानुनी व्यवसायी राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरुले विधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षबाट निःशुल्क वकालत गर्दै आएका छन । प्रहरी एसएसपी न्यौपानेसहित सो नरसंहारमा एक बालक हत्यासहित ९ जनाको निर्मम तरिकाले हत्या गरिएको थियो । सो अभियोगमा तत्कालीन प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी आफनो कार्यकाल भरी थुनिएका थिए ।
तर, सर्वोच्चले जन्मकैदको फैसला सुनाएको केही दिनमा नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई बाँकी कैद मिनाहा गरी आममाफी दिएको थियो । जसको विरुद्ध परेको रिटमाथि कार्तिक २३ गते अन्तिम सुनुवाइ हुन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार