आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १२:२५:५९
१७ कात्तिक, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले आठौँ आयुर्वेद दिवसका अवसरमा परम्परागत चिकित्सा विशेषगरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे एक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यताप्राप्त प्रणाली भएको उल्लेख गरे । साथै उनले नेपाल सरकारले आयुर्वेदको प्रवर्द्धनका लागि लिएको पहलबारे प्रकाश पारेका थिए ।
दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेदलगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा गरे । साथै उनले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदान–प्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवर्द्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराएको थियो । यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी–२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’सँग मेल खाने उपप्रमुख श्रीवास्तवको भनाइ थियो ।
डाबर नेपालका व्यवसाय प्रमुख हरकिरतसिंह वेदीले डाबरले नेपालबाट जडीबुटी सङ्कलन गर्न आपूर्ति शृङ्खलाको विकास गर्नाको साथै स्थानीय समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसर प्रदान गरेको बताए । नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अङ्ग भएको बताए । साथै उनले नेपालमा यसको समृद्ध इतिहासबारे जानकारी गराए ।
भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती ९धनतेरस०मा आयुर्वेद दिवस मनाउँदै आएको छ । सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौँ आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद–हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ ।
स्वस्थ भविष्यका लागि एक पृथ्वी एक स्वास्थ्य भावनामा केन्द्रित रही आयुर्वेदको प्रवर्द्धनमार्फत भारत र नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउन भारतीय राजदूतावासले प्रतिबद्ध रहेको जनाएको छ । बिहीबार सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधि सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेङ्गी नियन्त्रणका लागि लार्भा नष्ट गर्न विषादी छर्किन सुरु
कात्तिक २८, २०८१ बुधबार
पाठेघरको मुखको क्यान्सरबाट जोगाउन १६ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
कात्तिक २८, २०८१ बुधबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार