चलचित्र भवनमा ‘पशुपति प्रसाद २: भष्मे डन’ र ‘परदेशी २’ प्रदर्शनरत
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १३:४२:५
१७ कात्तिक, काठमाडौं । नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । दशैंलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन् । दसैँपछाडि नयाँ नेपाली चलचित्र तिहारमा मात्र प्रदर्शन हुने भएकाले एकसाता अझै ती दुई चलचित्र नै रहनेछन् ।
दसैँ लक्षित गर्दै प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २: भष्मे डन’ तेस्रो सातामा प्रदर्शनरत छ । खगेन्द्र लामिछानेले निर्माण तथा लेखन गरेको चलचित्रलाई दीपेन्द्रकुमार खनालले निर्देशन गरेको हो । यसमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारले अभिनय गरेको छ ।
“दर्शकले रुचाउनु भएकै कारण पशुपति प्रसादको कथालाई निरन्तरता दिएका हौँ । हामीले मौलिक नेपाली कथालाई पर्दामा प्रस्तुत गरेका छौँ”, लेखक लामिछानेले भने ।
चलचित्र ‘परदेशी २’ चौथो सातामा प्रदर्शनरत छ । नरायण रायमाझीले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, प्रकाश सपुत, नीर शाह, रमा थपलियालगायत कलाकारले अभिनय गरेको छ ।
चलचित्रमा उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको पखाइमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको निर्देशक रायमाझीले बताए ।
उनले भने, “मेरा अघिल्ला चलचित्र झैँ मौलिक कथालाई नै पर्दामा ल्याए । अहिले चलचित्र भवनमा पुग्दा दर्शकमार्फत पाइरहेको प्रतिक्रियाले उत्साहित छु । उहाँहरू आफ्नै गाउँ समाजको कथालाई पर्दामा हेर्न पाउँदा खुसी हुनुहुन्छ ।” चलचित्रलाई रमेश बिजी लेखेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
आजको मौसम कस्तो रहला ?
मंसिर ३०, २०८१ आइतबार
आज उधौली पर्व मनाउँदै किरात समुदाय
मंसिर ३०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै
मंसिर ३०, २०८१ आइतबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार