सर्वोच्चको निर्णयले थप साहस मिलेको छः भारती
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १५:४५:४८
१७ कात्तिक, काठमाडौं । योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आफूलाई थप साहस थपिएको भारती मानन्धरले बताएकी छन् ।
नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका थिए । रिगलको आममाफी सर्वोच्च अदालतले बिहीबार बदर गरिदिएको थियो ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चेतनका श्रीमती भारतीले आफूलाई डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आएपनि अन्ततः न्याय पाएको बताइन् ।
उनले आफ्नो टिमले कुनैपनि लोभ लालचमा नरहेर सहयोग गरेकाले न्याय मिलेको बताइन् । अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार
आवश्यक परे हप्तामा तीनदिन संवैधानिक इजलास आवश्यक राख्न सकिन्छः न्यायाधीश ढुंगाना
असोज ३, २०८१ बिहिबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
महिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार