आयात ठप्प भएपछि राजस्व असुलीमा कमी
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १५:५०:२९
१७ कात्तिक, कैलाली । कैलालीस्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । साउन अन्तिम सातादेखि क्वारेन्टाइन आकर्षण हुने सम्पूर्ण सामग्री आयात ठप्प भएपछि राजस्व असुलीमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
यो आर्थिक वर्षमा राजस्व असुली लक्ष्यमा पुग्न सक्ने सम्भावना कम रहेको कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले जानकारी दिए । कार्यालयले चालु आवमा रू ११ अर्ब ५८ करोड २५ लाख ७० हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा असोज मसान्तसम्ममा रू एक अर्ब ६१ करोड ९० लाख २५ हजार मात्रै असुली भएको उनले जानकारी दिए ।
हमालका अनुसार आव २०७७/७८ मा रू आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार राजस्व असुलीको लक्ष्य लिएकामा रू आठ अर्ब ८४ करोड १४ लाख २८ हजार, आव २०७८/७९ मा रू ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार लक्ष्य लिएकामा रू नौ अर्ब ५८ करोड २६ लाख ५० हजार असुली गरेको थियो ।
गत आवमा रू १२ अर्ब ३० करोडको राजस्व असुली गर्ने लक्ष्य लिइएकामा रू आठ अर्ब २९ करोड मात्रै असुली भएको भन्सार अधिकृत हमालले जानकारी दिए । साउन अन्तिम सातादेखि क्वारेन्टाइन बन्द भएपछि कैलालीमा अघिल्लो आवको तुलनामा यो वर्ष भन्सार राजस्व असुलीमा कमी आउने उनले बताए ।
भन्सार प्रमुख हमालले फलफूल, तरकारी, खाद्यान्न, दलहनलगायतका वस्तु क्वारेन्टाइन नहुँदा आयात ठप्प भएको बताउँदै क्वारेन्टाइन स्थापनाका लागि विभागमा पत्राचार गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्व संकलनमा सुधार, दोस्रो महिनासम्ममा १४ अर्ब ८९ करोड भयो पुँजीगत खर्च
असोज २, २०८१ बुधबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
महिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार