तीन हजारभन्दा धेरै अफगान आप्रवासी इरानबाट स्वदेश फर्किए
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १५:५७:३७
१७ कात्तिक, काबुल । तालिबान नेतृत्वको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले तीन हजारभन्दा धेरै अफगान आप्रवासी इरानबाट स्वदेश फर्किएको बताएको अफगानिस्तानस्थित खामा प्रेसले जनाएको छ ।
बिहीबार तालिबान नेतृत्वको मन्त्रालयले सामाजिक सञ्जाल एक्समा अफगान मूल्का करिब तीन हजार छ सय ७६ मानिस जबरजस्ती तथा स्वेच्छाले अफगानिस्तान फर्किएको बताएको छ ।
तीमध्ये तीन सय तीन परिवारलाई पहिचान सहयोगको आवश्यकता परेको थियो र उनीहरूलाई सहयोगका लागि अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन 'आइओएम' को कार्यालयमा पठाइएको तालिबानले नियुक्त गरेको सीमा क्षेत्र इस्लाम कलाका अधिकारीलाई उद्धृत गर्दै खामा प्रेसले बताएको छ ।
बुधबार तालिबान सरकारले नोभेम्बर १ सम्म चार हजारभन्दा धेरै अफगान आप्रवासीलाई पाकिस्तानबाट जबरजस्ती फर्काइएको बताएको थियो । खामाका अनुसार सरकारहरूले शरणार्थी र आप्रवासी जनसङ्ख्याको व्यवस्थापन जारी राखेका कारण यो स्थितिले ती देशमा अफगान आप्रवासीहरूको आगामी चुनौती र कठिनाइहरूलाई देखाउँछ ।
यसैबीच अफगानिस्तानस्थित टोलो न्युजका अनुसार तोर्खम आप्रवाी शिविरका चिकित्सकले आफूले पाकिस्तानबाट फर्किएका करिब दुई हजार बिरामी आप्रवासीको उपचार गरेको बताएका छन् । अफगान आप्रवासीहरूलाई राम्रो उपचार गर्न आफूहरू तयार रहेको चिकित्सकहरूले बताएका छन् ।
खालिद बिन वालिद कोरस्थित सैन्य अस्पतालका प्रमुख सलाहुद्दीन अयुबीले भन्नुभयो, “यहाँ बालबालिका, महिला र पुरुष बिरामी छन्, उनीहरूमा सर्जिकल बिरामी पनि छन्, अधिकांश बिरामीको यहाँ उपचार हुन सक्तैन, हामी उनीहरूलाई केन्द्रमा पठाउने छौँ, अहिलेसम्म हामीले एक हजार एक सय १२ मानिसको उपचार गरेका छौँ र हामी अहिले पनि आफ्ना देशवासीको सेवा गरिरहेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा
असोज ४, २०८१ शुक्रबार
म्यान्मामा बाढीका कारण करीब तीन सय जनाको मृत्यु, ८९ बेपत्ता
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
महिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार