भारतमा ट्रकको ठक्करबाट एकै परिवारका ५ नेपालीको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १६:६:४३
१७ कात्तिक, सुर्खेत । भारतमा ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारतको कर्नाटक राज्यको अवजलपुरमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।
गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गएराति उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू बिरामीलाई अस्पतालमा भएका उनलाई भेटेर फर्किने क्रममा दुर्टनामा परेका हुन् । वडाध्यक्ष धमलाका अनुसार रतनले चलाएको बाइकलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।
मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा थिए । नेपाली समुदायले घटनाको अनुसन्धानका लागि माग गरिरहेका बताइएको छ । गाउमा भने मृतकका परिवारको किरिया खर्च भनेर २० हजार सहयोग गर्ने निर्णय गरिएको धमलालले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता
असोज २, २०८१ बुधबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
महिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार