पार्टीको विरोधमा हैन, संविधान विरोधी तत्वकाबिरुद्ध लाग्नुः देउवा
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १७:१३:५५
१७ कात्तिक, बागलुङ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना कार्यकताहरुलाई पार्टीको विरोधमा नभइ संविधान र संघीयता ठीक छैन भन्ने तत्वकाविरुद्ध लाग्न निर्देशन दिएका छन् । कांग्रेस बागलुङ जिल्ला सम्मेलनको शुक्रबार उद्घाटन गर्दै देउवाले संविधान विरोधी तत्वलाई ठेगान लगाउन कांग्रेस कार्यकर्ता एक हुनुपर्ने बताए ।
पछिल्लो समय आइरहेका अफवाह प्रति विश्वास नगर्न पनि कार्यकर्तालाई आग्रह गरे । ‘अरु कसैले जे भन्यो त्यसैमा बहकिने होइन, कांग्रेसले संविधान कार्यान्वयन गरेर छाड्छ,’ उनले भने, ‘देशकै ठूलो दल भएको नाताले संघीयता र संविधानमा आएका समस्या समाधान गर्ने जिम्मा पनि कांग्रेसकै हो ।’ उनले आगामी निर्वाचनमा पनि कांग्रेसलाई ठूलो दल बनाउने घोषणा गरे । उनले कार्यकर्तालाईपनि सोही अनुसार लाग्न आग्रह गरे ।
पार्टी भित्र उब्जेका कतिपय असन्तुष्टिमा आफ्नो ध्यानाकर्षण भएको देउवाको भनाइ छ । ‘ठूलो पार्टीमा केही असन्तुष्टि हुन्छन्, जायज माग सम्बोधन हुन्छन्,’ उनले भने, ‘बेकारका माग आए वेवास्ता गरेर अगाडि बढ्ने हो ।’ देउवाले आँफू धेरै नबोल्ने तर काम गरेर देखाउने प्रतिवद्धता जनाए । देउवाले देशका प्रमुख राजनीतिक दलहरु समेत मिलेर संविधान कार्यान्वयनको एकता कायम गरेर देखाउने बताए । ‘सबै दल मिलेर संविधान कार्यान्वयन गरेर छाड्छौंं,’ उनले भने ।
सम्मेलनमा भाग लिन गाउँगाउँबाट दुइ हजार कार्यकर्ता सदरमुकाम आएका थिए । सम्मेलनमा कांग्रेसले १ सय ५ जना ७५ वर्ष काटेका जेष्ठ कार्यकर्ता र सशस्त्र द्वन्द्व तथा अन्य आन्दोलनका सहीद परिवारलाई पनि सम्मान गरेको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताले प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार