कोशीमा एमालेसँग मुख्यमन्त्रीको दुरी बढ्यो, सरकारबाट बाहिरिने
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार २१:२८:३५
१७ कात्तिक, विरटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुलाई मन्त्री नियुक्त गरेपछि एमाले प्रदेश सरकारबाट बाहिरिने भएको छ । एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने बताउँदै सरकारबाट बाहिरिने बताएका छन् ।
उनले मन्त्री थप्दा एमालेलाई कुनै जानकारी नगराएको बताए । केन्द्रको अहिलेको दुर्गन्धित गठबन्धनमा एमाले सहभागि नहुने बताए । सरकारमा एमालेका रामबहादुर राना मन्त्री रहेका छन् । यसअघि नै एमालेले कांग्रेस बाहेक अन्य दलहरुलाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो ।
मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका गणेशप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् । एमाले ३० र कांग्रेसमा ८ सांसदहरुको समर्थनमा केदार कार्की असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले यसअघि कांग्रेसका शम्शेर राईलाई पनि मन्त्री बनाएका थिए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भने आफूले सहमतीय सरकार बनाउने प्रयास गरेको बताएका छन् । उनले आफूले पूर्वमुख्यमन्त्री हिक्मत कार्कीकै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको बताए ।
विश्वासको मत नपाएर यसअघि दुई जना मुख्यमन्त्री सरकारबाट बाहिरिनु परेको भन्दै उनले आफूले पाएको विश्वासको मतको सम्मान गर्दै र पूर्व मुख्यमन्त्री कार्कीले भन्ने गरेको सहमतीय सरकारकै एजेण्डा अनुसार आफू अघि बढेको उनले बताए ।
नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार