भूकम्पका घाइतेलाई उपचार गर्न भेरी अस्पताल तयारी अवस्थामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १८, २०८० शनिबार ९:१६:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/hospital_dz0zTFNIk5_LbR3e53CS7.jpg)
१८ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन बाँकेले जाजरकोटमा भएको भूकम्प प्रभावित मानिसहरूको उपचारका लागि स्थानीय अस्पतालहरू र रक्तदातालाई तयारी अवस्थामा रहने प्रबन्ध गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भुकम्पका गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनबाट बिहान ३.२१ बजेबाटै तयारी थालिएको जानकारी दिएका छन् ।
भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि मुख्य केन्द्र अस्पताल तोकिएको भने व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरूको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकिएको छ । उनको सम्पर्क नम्बर ९८५११४३६६६ मा सम्पर्क गर्न भनिएको छ ।
कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ भने नीजि अस्पतालहरूलाई पनि तयारी रहन भनिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिएका छन् । त्यसैगरी भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ भने कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको जनाइएको छ ।
अस्पतालहरूमा पर्याप्त मात्रामा डाक्टर, नर्शिङ स्टाफ र लजिस्टिकको प्रबन्ध मिलाइएको जनाइएको छ । साथै हेलिकोप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र सेनाको हेलीप्याडमा २÷२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । त्यसैगरी ब्लडको मौज्दात रहेको छ भने अपुग भएमा फ्रेश ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था समेत मिलाइएको जनाइएको छ ।
भुकम्पमा गम्भीर घाइते भएका जाजरकोट भेरी नगरपालिका वार्ड नं. ३ खलंगाका ४८ वर्षिय विमलकुमार कार्कीलाई राती नै उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको छ । उनी त्यहाँ आउने भूकम्प प्रभावित पहिलो विरामी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार