वीरगंजलाई फुटबलको उर्वर भूमी बनाउन महानगर सँधै सहयोग गर्न तयार छ : मेयर सिंह
![आबिद हुसेन](
https://nepalbahas.prixacdn.net/media/albums/aabid_hussia__essGOst6fZ.jpg
)
आबिद हुसेन
कात्तिक १८, २०८० शनिबार २१:११:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/footbal_1_gtRFiqnFdz_5MujteAUlr.jpg)
१८ कात्तिक, वीरगंज । मधेश प्रदेशकै उच्च धनराशिको प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा खेलकुद क्षेत्रलाई चलायमान बनाउन महानर सँधै तयार रहेको बताए ।
वीरगंजलाई विगतको जस्तै फुटबलको उर्वर भूमी बनाउन सबैको साथको खाँचो रहेको बताए। वीरगंजमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने गरि मैदनको पुनस्निर्माण गरिएको भन्दै उहाँले नारायणी रंगशालाको क्रिकेट मैदानलाई पनि व्यवस्थित गर्न महानगर लागि परेको बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भेट्रान्स सिटी क्लब वीरगंज विजयी भएको छ । भारत नोएडाको एफसीआई नर्थ जोन फुटबल क्लबलाई ट्राइबेकरमा ४(१ ले पराजित गर्दै आयोजक भेट्रान सिटीले जित हात पारेको हो ।
प्रतियोगितामा नेपालका ५ र भारतका २ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार ११ सय रूपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रूपैयाँ पुरस्कार पाउनेछन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार