फाइनल खेलमा ओमानसँग बदला लिने नेपालको रणनीति
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार ११:९:१५
१९ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले ओमानविरुद्धको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पहिला ब्याटिङ गर्ने भएको हो । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
दीपेन्द्रसिंह ऐरीको स्थानमा नेपालले सन्दीप जोरालाई प्लेइङ ११ मा राखेको छ । यूएईविरुद्धको सेमिफाइनलमा एङकलमा चोटका बाबजुद दीपेन्द्रले खेलेका थिए । तर नेपालले यूएईविरुद्ध आरामदायी विजय हात पार्दा उनले ब्याटिङ र बलिङ गर्नु परेको थिएन ।
रोहितको कप्तानीमा रहेको नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहोरा रहेका छन् । सेमिफाइनल खेलेको टोलीबाट ओमानले कुनै परिवर्तन गरेको छैन ।
फाइनलमा पुगेसँगै नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा स्थान पक्का गरेका थिए । नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।
नेपालले दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्ने छ । नेपालले २०१५ मा बंगलादेशमा भएको ट्वान्टी २० विश्वकपबाट डेब्यु गरेको थियो । ओमानले तेस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्ने छ । ओमानले २०१६ र २०२१ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । २०२१ मा यूएईसँगैं सहआयोजक हुँदा ओमानले आयरल्यान्डलाई पनि पराजित गरेको थियो ।
ओमानसँग फाइनलमा खेल्दा नेपाल सामु बदला लिने अवसर रहेको छ । लिगचरणको अन्तिम खेलमा ओमानले नेपाललाई ५ रनले पराजित गरेको थियो, जसका कारण ओमान समूह विजेता भएको थियो भने नेपाल उपविजेतामै सीमित भएको थियो । विवेक यादवले पहिलो ३ बलमा लगातार छक्का प्रहार गरे पनि त्यो नेपाललाई विजय दिलाउन पर्याप्त भएको थिएन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फाइनल हेर्न दर्शकहरुको बाक्लो उपस्थिति रहेको छ । शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो क्षति भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यस खेलबाट टिकट विक्रीबाट उठेको ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतविरुद्ध बंगलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट
असोज ४, २०८१ शुक्रबार
लिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार
रिक्की पोन्टिङ आईपीएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार