भुकम्पमा राहत : अहिलेसम्म १५ करोड ३९ लाख घोषणा, आश्वासन जुट्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार ११:४६:५५
१९ कात्तिक, काठमाडौं । जाजरकोट क्षेत्रमा भुकम्पबाट भएको जनधनको क्षतिमा राहत सहयोग गर्न प्रतिस्पर्धा जस्तै देखिएको छ। मित्र राष्ट्रहरु, राजनीतिक दल, व्यवसायी र संस्थाहरूबाट धमाधम आर्थिक सहयोगको घोषणा भइरहेको छ। हालसम्म १५ करोड ३९ लाख एघार हजार नगद सहयोगको घोषणा भएको छ।
स्थानीय निकायहरू, प्रदेश सरकार र संघीय सरकारहरूले पनि अलग्गै आर्थिक सहयोगको घोषणा गरिरहेका छन्। चीन सरकारले १० करोड सहयोग दिने घोषणा गरेको छ। भाटभटेनी सुपरमार्केटका संस्थापक मीनबहादुर गुरुङ्गले १ करोड ११ लाख ११ हजार राहत सहायताका लागि आर्थिक सहायताको घोषणा गरिसकेका छन्।
त्यसैगरी, बुद्ध एयरले १ करोड, नेकपा एमालेले १ करोड, नेपाली कांग्रेसले ५० लाख, राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख, एनसेलले ५० लाख, अर्ना वियरले २५ लाख, एनआरएन शर्मा समूहले २१ लाख, एनआरएन केसी समूहले १० लाख, एनआरएन जापान शाखाले १५ लाख र नेपाल विद्यार्थी संघले ७ लाख नगद सहयोगको घोषणा गरिसकेका छन्। भूकम्प प्रभावित क्षेत्रमा सहायता दिन अमेरिका, भारत, रुस र अन्य राष्ट्रहरूले पनि सरकारलाई सन्देश पठाइसकेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ !
असार ३, २०८१ सोमबार
सङ्खुवासभा बाढीपहिरो : १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार