बाख्राको दूधबाट बनेको चीज पर्यटकको रोजाइमा
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १३:१०:३२
१९ कात्तिक, तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उत्पादन गरेको चीज पोखरा र काठमाडौँका होटलमा माग हुने गरेको छ ।
बाख्राको दूधबाट बनाइएको चीज आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेकाले यसको माग बढ्दै गएको हो । बाख्राको दूधमा ल्याक्टोजन नहुने र रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि अति उत्तम मानिन्छ ।
दूध र चीजका लागि पछिल्लो समय कृषकबाट सानन जातका बाख्राको माग अत्यधिक भइरहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए ।
बाख्राको दूधबाट बनेको चीज बाहिर सहरमा प्रतिकिलो रु तीन हजार पर्ने भए पनि कार्यक्रमले प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको छ । सानन जातको बाख्रा तनहुँसहित बत्तीस जिल्लामा निर्यात र करिब बाइस जिल्लामा व्यावसायिकरुपमा पाल्न सुरु गरिएको सो कार्यक्रमले जनाएको छ ।
पोखराको लेकसाइड र काठमाडौँका होटलमा चीजको राम्रै माग भइरहेको कार्यक्रम संयोजक राजु कँडेलले जानकारी दिए । याक र गाईबस्तुको दूधबाट बनेको चीजको तुलनामा बाख्राको दूधबाट बनेको चीज गुणस्तरिय र मिठो हुने भएकाले बाख्राकै दूधबाट बनेको चीज खोज्ने गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समय बाख्राको दूध र चीज प्रयोग गर्ने सर्वसाधारणकोसमेत सङ्ख्या बढ्दै गएको छ । सानन बाख्राले एकपटकमा चार लिटरसम्म दूध दिने क्षमताको हुन्छ । उक्त कार्यालयमा अहिले दैनिक ४२ लिटर दूध उत्पादन हुँदै आएको छ । उक्त दूध सङ्कलन गरी चीज बनाएर पोखरा र काठमाडौँका सहरमा बिक्रीका लागि पठाउने गरिएको हो ।
कार्यालयले विसं २०७१ मा ५० माउ र सात बोका अष्टे«लियाबाट ल्याएर बाख्राको नश्ल सुधार कार्यमा अनुसन्धान सुरु गरेको उनले बताए । अगुवा बाख्रा उत्पादक कृषकलाई पशु कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानन प्रजातिका बाख्राको पाठापाठी उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा हाल अनुसन्धानका लागि बोर, सानन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायतका करिब पाँच सयको हाराहारीमा बाख्रा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार