मन्दु सामुहिक हत्या प्रकरण : थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १३:४६:३
१९ कात्तिक, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरु गरेको छ ।
सामूहिक हत्या भएको १० दिन बितिसक्दा पनि प्रहरीले हत्याको कारण र हत्याराबारे कुनै तथ्य, प्रमाण सार्वजनिक गर्न सकेको छैन । यसैबीच हत्याको थप अनुसन्धान गर्न शनिबारदेखि सीआईबीले मुगु हत्या प्रकरणको बाँकी अनुसन्धान गर्न थालेको छ ।
कार्तिक ८ गते (यद्यपी ८ गते वा ९ गते राती हत्या भएको भन्ने यकिन विवरण प्रहरीले दिन सकेको छैन) तीन बालबालिका सहित परिवारकै सामूहिक हत्याको सूचना प्रहरीले १० गते बिहान ९ बजे मात्र पाएको थियो ।
त्यसयता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको नेतृत्व सहित जुम्ला र कर्णाली प्रदेश प्रहरीको उच्च नेतृत्वले संयुक्त रुपमा अनुसन्धान गरेपनि ठोस प्रमाण पत्ता लगाउन सकेको छैन । सुरुबाटै घटनास्थल केन्द्रीत गरी अनुसन्धान थालेको र आवश्यक सोधपुछ जारी राखेपनि ठोस प्रमाण फेला नपरेकोले उक्त घटनाबारे सीआईबीले प्राविधिक अनुसन्धान कार्य हिजोबाट अघि बढाएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
‘घटना भएदेखि मृतकहरूको दाहसंस्कार हुँदाका दिनसम्म प्रहरीले घटनाको नजिकबाट अनुसन्धान गरिरहेको छ । फिल्डमा गर्नुपर्ने अनुसन्धानको मेनुअल्ली सबै काम प्रहरीले गरिरहेको छ । सीआईबीले प्राविधिक अनुसन्धानको कार्य हिजोबाट अघि बढाएको छ,’ थापाले बताए ।
सीआईबी प्रहरी नायव उपरीक्षक धर्म भण्डारीको नेतृत्वमा मुगु घटनाको थप अनुसन्धान गर्न टोली खटाएको छ । यद्यपी टोलीमा सहभागी सदस्य संख्याबारे प्रहरीले विवरण दिएको छैन । घटनाको थप अनुसन्धानको जिम्मा सीआईबीले लिएपनि स्थलगत अनुसन्धान गरिरहेका प्रहरी टोली र सीआईबीले संयुक्त रुपमा सहकार्य गरी अघि बढ्ने र छिट्टै हत्यारा पत्ता लगाउने कर्णाली प्रदेश प्रहरी सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराई जानकारी दिए ।
यस्तै मृतकका पति दीपक बोहोराले हत्यारा पत्ता नलगाई परिवारको दाहसंस्कार नगर्ने अडान छोडेर परिवारको दाहसंस्कार गरिसकेका छन् । उनले आफ्नी पत्नी, दुई छोरा र छोरीको १७ गते अन्तिम संस्कार गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार