गोरखाको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको संख्या बढ्यो
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १५:५३:५२
१९ कात्तिक, गोरखा । गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको संख्या वृद्धि भएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसवर्षको अक्टोबरसम्म सात हजार आठ सय ६२ विदेशी पर्यटकले भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।
यसवर्षको अक्टोबर महिनासम्ममा यस क्षेत्रमा अघिल्लो वर्षभन्दा बढी पर्यटक भ्रमणका लागि आइपुगेको उनले बताए । ‘‘सन् २०२२ मा छ हजार एक सय दुई यस क्षेत्रमा आइपुगेका थिए, उनले भने, ‘‘यो वर्ष सकिन अझै दुई महिना बाँकी छदैँ सात हजार आठ सयभन्दा बढी पर्यटक आइपुगेका छन् ।’’
मनास्लु क्षेत्र घुम्न जानेहरुमा यसवर्ष सार्क राष्ट्रका एक सय ७८ जना, रहेका छन् भने त्यस बाहेक अन्य देशका सात हजार छ सय ८४ जना रहेको उनले बताए । यहाँ आइपुग्ने पर्यटकमा चार हजार पाँच सय १९ पुरुष र तीन हजार तीन सय ३८ महिला पर्यटक रहेका छन् । कोराना सङ्क्रमणका कारण सुस्ताउँदै गएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको कार्यालय प्रमुख शेरचनको भनाइ थियो ।
उक्त कार्यालयको तथ्याङकअनुसार सन् २०२१ मा नौ सय २५ विदेशी पर्यटकले मात्र मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । अघिल्ला वर्षको तुलनामा यसवर्ष अत्यधिक पर्यटक मनास्लु पुगेको उनले बताए । “यसवर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ,” प्रमुख शेरचनले भने, “साउन महिना यतादेखि असोज अन्तिमसम्म मात्र दुई हजार ९०३ विदेशी पर्यटक मनास्लु आइपुगेका छन् ।’’
साउन महिना ८०, भदौमा पाँच सय ४७ र असोजमा दुई हजार दुई सय ७६ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरिसकेको उहाँले बताउनुभयो । निषेधित क्षेत्रको रुपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुल्ला गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार