फिलिपिन्समा रेडियो प्रसारकको हत्या
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १६:१२:२९
१९ कात्तिक, मनिला । फिलिपिन्समा आइतबार एक रेडियो प्रसारकलाई उनको स्टुडियोभित्रै गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार फिलिपिन्समा मारिएका पत्रकारहरूको लामो सूचीमा यो नयाँ घटना हो ।
मिसामिस अक्सिडेन्टल प्रान्तमा कलाम्बा नगरपालिकाका प्रहरी प्रमुख क्याप्टेन डेओर रगिनियोका अनुसार दक्षिणी टापु मिन्डानाओस्थित आफ्नो घरमा रहेको रेडियो स्टेसनमा बन्दुकधारीले ५७ वर्षीय जुआन जुमालोनको टाउकोमा गोली चलाएका थिए ।
संदिग्ध बन्दुकधारी अन–एयर घोषणा गर्ने बहाना बनाएर स्टुडियोमा प्रवेश गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार गोली हानेपछि अपराधी भाग्यो र जुमालोनलाई स्थानीय अस्पतालमा मृत घोषणा गरिएको थियो ।
सन् २०२२ जुनमा राष्ट्रपति फर्डिन्यान्ड मार्कोसले पदभार सम्हालेपछि हत्या भएका पत्रकारमा जुमालोन चौथो व्यक्ति भएको नेसनल युनियन अफ जर्नालिस्ट्सले बताएको छ ।
पत्रकारहरूका लागि फिलिपिन्स विश्वमा सबैभन्दा खतरनाक स्थान हो र यहाँ पत्रकारका हत्याराहरू प्राय सजायबाट बच्ने गरेका छन् । राजधानीबाहिर प्राय रेडियो प्रसारक निशानामा पर्ने गरेका छन् । जुमालोनले आफ्नो सेबुआनो–भाषा ९४.७ गोल्ड एफएम कलाम्बा स्टेसनमा ‘डिजे जोनी वाकर’ नाम प्रयोग गरे ।
प्रहरी प्रमुख रगिनियोले प्रहरीले हत्याको उद्देश्यको अनुसन्धान गरिरहेको बताए । आफूहरूलाई जुमालोनको जीवन खतरामा रहेको पछिल्लो अवस्थाबारे थाहा नभएको उनले बताए । “उहाँ धेरैजसो समसामयिक घटनाहरूलाई प्राथमिकता दिनुहुन्थ्यो र आफ्नो प्रसारणमा उहाँले कसैलाई आलोचना गरेको थाहा थिएन”, रगिनियोले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार