भूकम्प पीडितलाई पर्वतारोहण संघबाट ३१ लाख सहयोग
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १६:४४:१७
१९ कात्तिक, काठमाडौं । नेपाल पर्वतारोहण संघले भूकम्प पीडितलाई सहयोग पुर्याउने उद्देश्यले रु ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ । संघकाे आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
सङ्घको आन्तरिक स्रोतबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिए ।
उनले प्रधानमन्त्रीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरिने बताए । बैठकले नेपालमा भूकम्प पीडितलाई सहयोग जुटाउन विश्वभरका अल्पाइन क्लबहरुलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।
यसैबीच आरजु राईस मिलले भूकम्प पीडित क्षेत्रका लागि पाँच सय बोरा चामल पठाएको छ । उक्त कम्पनीले विज्ञप्ति जारी गर्दै करिब दस टन चालम भूकम्प पीडित क्षेत्रमा पठाइएको जनाएको हो । आरजु राईस निजी क्षेत्रको ठूलो हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर मातहतको संस्था हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार