विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १६:५०:५१
१९ कात्तिक, काठमाडौं । दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ७ सय ७० ट्याब्लेटसहित धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवराज दराई समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बा.८८ प ४१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्रामसहित भारत राज्य विहार पुर्वी चम्पारण मोतिहारी बस्ने २७ वर्षीय भुलावन पटेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा भन्सार पर्सा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुर डेरा गरी बस्ने २१ वर्षीय सन्तेन लामालाई नियन्त्रित लागूऔषध स्टेगन ४ सय ८७ ट्याब्लेट, ट्रामाडोल १ सय ४२ ट्याब्लेट र नगद १५ हजार २ सय रूपैयाँसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवर्टबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार