प्राधिकरणका आन्दोलनरत कर्मचारी र व्यवस्थापन बीच चारबुँदे सहमति
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १७:२:४०
१९ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन र आन्दोलनरत ट्रेड युनियन कर्मचारीबीच चार बुँदे सहमति भएको छ । आइतबार प्राधिकरण कर्मचारी संघ तथा कर्मचारी युनियनबाट संयुक्त रुपमा अघि सारेको मागका विषयमा चार बुँदे सहमति भएको हो ।
व्यवस्थापनबाट भदौ ३० गते भएको सरुवा/काजमा पुनरावलोकन गरी सच्याएर लैजाने सहमति भएको छ । सरुवा भएका कर्मचारीले कर्मचारी सेवा, सर्त विनियमावलीमा भएको व्यवस्थाअनुसार २१ दिनभित्र रमाना लिने सहमति भएको छ ।
विभिन्न सात बुँदे मागका सम्बन्धमा आधिकारिक टे«ड युनियनका प्रतिनिधिसमेत रहने गरी जन साधन विभागको निर्देशकको अध्यक्षतामा पाँच सदस्यीय कमिटी गठन गर्ने र उक्त कमिटीले आवश्यक अध्ययन गरी राय सिफारिससहित कार्यकारी निर्देशक समक्ष प्रतिवेदन पेस गर्ने सहमति भएको छ ।
सहमतिपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीको व्यवस्थापनमा विशेष ध्यान दिने र जायज मागहरुलाई गम्भीरतापूर्वक लिएको जानकारी दिए । सहमतिसँगै आधिकारिक तथा क्रियाशील टे«ेड युनियनले घोषणा गरेका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार