नेपालको दिगो विकासका निम्ति विश्व बैंकले सघाउने
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार २१:१७:४६
१९ कात्तिक, काठमाडौं । विश्व बैंकले जाजरकोट भूकम्पबाट प्रभावित भएका जनतालाई तत्काल सहयोग गर्न उपलब्ध कोषबाट स्रोत परिचालन गर्ने भएको छ । नेपालको चारदिने भ्रमण पूरा गरी अमेरिका प्रस्थान गर्नुअघि विश्व बैंकका प्रबन्ध निर्देशक आना जेर्डीले एक विज्ञप्ति निकालेर भूकम्पपीडितका निम्ति नेपाल सरकारबाट हुने प्रयासमा बैंकले स्रोत परिचालन गर्ने बताएका छन् ।
दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरसँगै चारदिने भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नेपालको दिगो एवम् समावेशी विकासका लागि बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यहाँस्थित विश्व बैंकको कार्यालयका अनुसार प्रबन्ध निर्देशक जेर्डीले अर्थमन्त्री प्रकाशशरण महतलगायत नेपाल सरकारका उच्चअधिकारी, नेपालको विकासका साझेदार, नागरिक समाज, विद्वत वर्गलाई बेग्लाबेग्लै भेटेर नेपालको दिगो एवम् समावेशी विकासका निम्ति बैंकले सघाउने र सम्बद्ध निकायबाट पनि त्यस प्रयासमा साझेदारी हुने विश्वास व्यक्त गरेका थिए । उनले महिला तथा युवा वर्गलाई सीपमूलक तालिमका माध्यमबाट आत्मनिर्भर एवम् उद्यमी बनाउने कार्यक्रम आवश्यक भएकामा जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार