कांग्रेस महासमिति बैठक: ५५ जिल्लामा चुनिए प्रतिनिधि, अन्यमा विवाद
नेपालबहस संवाददाता
कात्तिक २०, २०८० सोमबार १३:५२:३३
२० कात्तिक, काठमाडौं । जाजरकोट भूकम्पलाई कारण देखाएर नेपाली कांग्रेसले मंसिर १३ देखि १५ सम्म गर्ने भनेको महासमिति बैठक मंसिर २९ देखि पुस २ सम्ममा सम्पन्न गर्ने भनेर दुई सातापछि सारेको छ । नेताहरुका अनुसार महासमितिको बैठक सारिनुमा भूकम्प मात्र कारण थिएन । मूल कारणको यसको तयारी नसकिनु हो । मंसिर १३ देखि बैठक सुरु गर्न जिल्ला जिल्लामा सकिनुपर्ने काम अझै धेरै बाँकी थिए । एकसाता सार्ने विषयमा छलफल भइरहेको थियो ।
तोकिएको मितिमा नै बैठक सम्पन्न गर्न देशभरि महासमिति सदस्यहरूको निर्वाचन धमाधम भइरहेको भएपनि मंसिर १३ भित्र सकिने अवस्था आएन । केन्द्रीय कार्यालयले पनि बैठकको भौतिक र प्राविधिक तयारीलाई हलका कारण नभ्याउने अवस्था आएको थियो, यसैले बैठक सारिएको हो । महासमिति बैठकमा देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता काठमाडौंमा जम्मा हुनेछन् । महासमिति कांग्रेसको महाधिवेशनपछिको अर्को शक्तिशाली अंग हो ।
गत बिहीबार तयारी नसकिने भएपछि सभापति शेरबहादुर देउवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई धुम्बाराहीमा बोलाएर यसबारे छलफल गरेका थिए । उनीहरुबीच एक साता बैठक सानुपर्ने सहमति भएको थियो । पदाधिकारीको बैठक बोलाएर महासमितिको मिति सार्ने तयारी गरिरहँदा शुत्रबार राती जाजरकोटमा भूकम्प गयो । यो भुकम्पले गर्दा कांग्रेसको महासमिति बैठक सार्न लागिएको भन्दा थप एकसाता पर पुग्यो । अहिले पनि तयारीलाई तिब्र नबनाए सारिएको मितिमा पनि महासमितिको बैठक हुन कठिन रहेको नेताहरु बताउँछन् ।
कांग्रेसको विधानमा हरेक निर्वाचन क्षेत्रबाट ११ जना महासमिति सदस्य निर्वाचित हुने व्यवस्था छ । त्यसअनुसार कात्तिक १४ गते मंगलबारसम्ममा ५५ जिल्लाबाट महासमिति सदस्यहरूको निर्वाचन भएको छ । कतिपय जिल्ला र क्षेत्रहरूमा भने यसअघि पार्टीको महाधिवेशनकै बेला महासमिति सदस्यहरूको निर्वाचन भएको थियो । नभएका जिल्ला र क्षेत्रहरूलाई कात्तिक २४ भित्र निर्वाचन सम्पन्न गरेर नाम पठाउन निर्देशन दिइएको छ । तर, विवाद भएका ठाउँमा सर्वसम्मत हुन नसकेर निर्वाचनमार्फत् पनि महासमिति सदस्यहरू चुन्ने काममा कठिनाई भइरहेको नेताहरु बताउँछन् ।
विधानअनुसार क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरूले महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने र महाधिवेशन प्रतिनिधिहरूमध्येबाट महासमिति सदस्य निर्वाचित हुन्छन् । हरेक क्षेत्रबाट दुई महिलासहित प्रत्यक्षतर्फ ७ जना र महिला, दलित, आदिबासी जनजाति, खसआर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटका आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् । यसरी १६५ निर्वाचन क्षेत्रबाट १८१५ जना महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ ।
केन्द्रीय सभापतिले विधानको दफा ५१ (ख) बमोजिम बढीमा १५ जना महासमिति सदस्य मनोनीत गर्न पाउनेछन् । भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ३÷३ जना तथा प्रवासस्थित जनसम्पर्क समितिबाट क्रियाशील सदस्य संख्याको आधारमा ६ जनासम्म प्रतिनिधिले महासमिति बैठकमा भाग लिन पाउने व्यवस्था छ । प्रचार विभाग प्रमुख विश्वकर्माकाअनुसार महासमिति बैठकमा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रका करिब २५ सय नेता कार्यकर्ता सहभागी हुनेछन् ।
कांग्रेसले ०७८ को मंसिरमा पार्टीको महाधिवेशन गरेको थियो । त्यसबेला नीतिमाथि बहस नगरी नेतृत्व चयन गरिएको थियो । नेताहरुले त्यसबेला ६ महिनाभित्र नीति महाधिवेशन गर्ने र तत्काल नेतृत्व चयनमात्रै गर्ने सहमति जुटाएका थिए । तर त्यसअनुसार नीति महाधिवेशन गर्न नसकेका कारण कांग्रेसले महाधिवेशनको करिब दुई वर्षपछि हुन लागेको महासमिति बैठकलाई नीति विशेष बनाउन लागेको हो । त्यसो त विधानबमोजिम महासमिति बैठकसमेत महाधिवेशन भएको एक वर्षभित्र गरिसक्नुपर्ने व्यवस्था छ ।
महासमिति बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचनबाहेक महाधिवेशनले गर्ने सबै कार्यहरू गर्न सक्ने वैधानिक व्यवस्था छ । त्यसआधारमा पार्टीको विधानमा फेरबदल गर्नेदेखि पार्टीको राजनीतिक कार्यदिशा गर्नेसम्मका सबै काम महासमिति बैठकबाट सम्भव छ । तर यसपटकको महासमिति बैठकमा भने कांग्रेसले पार्टीको अबको नीति र आगामी कार्यदिशाका बारेमा मात्रै छलफल गर्ने भनिसकेको छ ।
सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूबीच अहिले पार्टीको विधान संशोधनका विषयमा छलफल नगर्ने सहमति भइसकेको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार यसपटक महासमिति बैठकले पार्टीको अबको नीति र कार्यदिशाका विषयमामात्रै निर्णय लिनेछ । महासमिति बैठकले निर्वाचनबाहेक महाधिवेशनले गर्ने सबै काम गर्न सक्ने भएपनि यसपटक विधान भत्काउने वा र थपघट गर्ने काम नहुने उनले बताए । उनका अनुसार महासमिति बैठकका लागि गोदावरीमा हलको टुंगो लगाउने काम भएकाले अरु सबै प्राविधिक तयारीहरू पूरा हुने क्रममा छन् ।
महासमिति बैठकको तयारीका लागि यसअघि बसेको केन्द्रीय समितिको बैठकमा नै निर्णय भएर समितिहरु बनेका थिए । बैठकले सभापति देउवाको संयोजकत्वमा महासमिति बैठक मूल आयोजक समिति गठन गरेको थियो । समितिमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू, काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापति तथा भ्रातृ संस्थाका अध्यक्षहरू सदस्य छन् । महासमिति बैठकका लागि असहले सबै समितिहरु व्यस्थ छन् ।
यसअघि गरिएको कार्य विभाजन अनुसार महासमितिको बैठकमा महामन्त्री गगन थापाले पार्टीको सांगठनिक प्रतिवेदन पेश गर्नेछन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्तावहरू पेश गर्नेछन् । महासमिति बैठकका लागि केन्द्रीय सदस्यहरूले यसअघिको केन्द्रीय कार्यसमिति बैठकमै सुझावहरू राखिसकेका छन् । बैठकमा महासमिति बैठक काठमाडौंबाहिर गर्न प्रस्ताव भएपनि सभापति देउवाले काठमाडौंमै गर्नुपर्नेमा जोड दिएपछि काठमाडौंमै गर्ने गरी निर्णय भएको थियो ।
‘अब पार्टीको नीति कस्तो हुने ? मुलुकको वर्तमान राजनीति, अर्थतन्त्र, समाज, समस्या र तिनको निकासका विषयमा पार्टीले प्रष्ट कार्यदिशा तय गर्नुपर्नेछ, त्यसकालागि विज्ञहरूसहितको समूहले प्रस्तावहरू तय गर्ने काम भइरहेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए मस्यौदाको टुंगो लागेपछि उपसमितिहरूमार्फत ती प्रतिवेदनहरूलाई अन्तिम रूप दिने काम अहिले भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार