पुष्प मेलामा लक्ष्यभन्दा १७ लाख बढीको कारोबार
नेपालबहस संवाददाता
कात्तिक २०, २०८० सोमबार १६:४९:४१
२० कात्तिक, काठमाडौं । गत मंगलबादेखि सुरु भएको पुष्प मेलामा रु एक करोड १७ लाखको कारोबार भएको छ । रु एक करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा रु १७ लाख बढीको कारोबार भएको आयोजक संस्थाले जनाएको छ ।
फ्लोरिकल्चर एशोसिएशसन नेपाल ९फ्यान० का अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा ४५ हजार जनाले अवलोकन गरेका थिए। सत्तरी वटा बिक्री कक्ष रहेको उक्त मेलामा बिक्री भएका फूलमध्ये ५० प्रतिशत गोदावरी फूल बिक्री भएको थियो । मेलामा व्यावसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल दुई, फ्लावर सजावट स्टल दुई र सूचनामूलक पाँच गरी ७० वटा स्टल रहेका छन् ।
पूर्वबडामहारानी कोमल राज्यलक्ष्मी शाह स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सांसद् डा. तोशिमा कार्की, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतले मेला अवलोकन गरेका थिए । एशोसिएशनले नेपाली पुष्प व्यवसाहीको उत्पादनलाई प्रोत्साहन एवम् प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथै तिहारलाई लक्ष्य गरेर मेला आयोजना गरेको जनाएको छ ।
पछिल्लो समय काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका बताइएको छ ।
मेलामा प्रवेश शुल्कबाट उठेको रकम भूकम्पपीडितका लागि
आयोजक संस्थाले हिजो एक दिन मेलामा टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम गत शुक्रबार राति जाजगरकोट र रुकुमपश्चिममा गएको भूकम्प पीडितका लागि सहयोग गर्ने जनाएको छ । सुरुमा पाँच दिनका लागि भनेर सुरु गरिएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै आजसम्म सञ्चालन गरिएको र उक्त रकम भूकम्पीडितलाई सहयोग गर्ने बताइएको छ ।
एशोसिएशनले भनेको छ, “आइतबारको मेलाको टीकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रका भूकम्पपीडितको सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने छ ।” रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ गत मंगलबारदेखि सुरु भएको १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार नै सकिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव सुरु
पुष २८, २०८१ आइतबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
पदाधिकारी बैठक स्थगित गरी सुकुटे पुगे प्रचण्ड
पुष २९, २०८१ सोमबार
नेपाल भारतबीचको संयुक्त सैनिक अभ्यास सम्पन्न
पुष २९, २०८१ सोमबार
अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार