देउसी भैलो प्रतियोगिता : सगीना देउवी समूह प्रथम बन्दै जित्यो ५१ हजार नगद
नेपालबहस संवाददाता
कात्तिक २०, २०८० सोमबार १६:५१:१२
२० कात्तिक, काठमाडौं । अमेरिकाको कोलम्बसमा आयोजीत देउसी भैलो प्रतियोगितामा सगीना देउवी समूहले प्रथम स्थान ओगट्न सफल भएको छ । त्यस्तै एभरेस्ट क्लब दोस्रो हुँदा, देउराली देउसी भैलौ ग्रुप तेस्रो र डिभाइन म्युजिक ग्रुपले सान्तवना स्थान ओगट्न सफल भएका छन् ।
११ वटा समूहमा प्रतिस्पर्धा भएको देउसी भैलो प्रतिस्पर्धामा प्रथम हुने समूहले ट्रफी र ५१ हजार रुपैयाँ नगद जित्न सफल भएका छन् । त्यस्तै द्वितीय र तृतीय हुने समूहले क्रमश ट्रफीसहित ३१ हजार र ३० हजार पाएका छन् । त्यस्तै सान्तवना हुने समुहले ट्रफी र २० हजार जित्न सफल भएका छन् ।
प्रतिस्पर्धाको जजका रुपमा नबिन खड्का, दीपक गजमेर, योगिता खनाल र केशव पौडेल रहेका थिए । प्रतिस्पर्धामा ३ वटा समूह मध्ये एक्रोन शहरको आमा समुह, एक्रोन मारुनी समुह र कोलम्बस मारुनी समुहले निकै नै आर्कषक मारुनी नृत्य प्रस्तुत गरेकाले उनीहरूको सर्वत्र चर्चा भएको थियो ।
सो अवसरमा जजहरुको टिमले नै स्टेजमा नै पुगेर उनीहरूप्रति शिर निहुराउँदै उनीहरुले प्रतिस्पर्धा भन्दा माथिको प्रस्तुती दिएको प्रतिक्रिया दिएका थिए । सो अवसरमा विभिन्न समुहहरुले कलात्मक नृत्य पस्किएका थिए । विश्वकर्मा सोसाइटी अफ अमेरिका (बिएसए) को आयोजनामा ओहायो राज्यको कोलम्बस शहरमा सम्पन्न भएको हो । नेपाली कला, संस्कृति र साहित्यको प्रवद्धन र उत्थानमा निकै नै क्रियाशिल रहँदै आएको विश्वकर्मा सोसाइटी अफ अमेरिकाले विभिन्न किसिममा सामाजिक कामहरु गर्दै आएको छ ।
सोसाइटीले आफ्नो हात सबैभन्दा बढी शिक्षा , खेलकुदका अलावा समाजसेवामा पनि फैलाउँदै आएको छ । उसले नेपाली कला र संस्कृतिको जर्गेनमा बेला बेलामा विभिन्न किसिममा सांस्कृतिक गतिबिधिहरु गर्दै आइरहेको छ । गत महिना मात्रै सोसाईटीको आयोजनामा एक्रोनमा नै विश्वकर्मा पूजा र भावी रणनीतिका बारेमा भव्य गोष्टीको आयोजना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार
मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर ३०, २०८१ आइतबार
नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
मंसिर ३०, २०८१ आइतबार
आज उधौली पर्व मनाउँदै किरात समुदाय
मंसिर ३०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै
मंसिर ३०, २०८१ आइतबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार